सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी बजेट प्रस्तुत गर्दै

धनगढी :

सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८० । ८१ को बजेट आज प्रस्तुत र्गन लागेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने छन् । असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ ।

 

 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब को हाराहारीमा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो। चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान नौ अर्ब ७५ लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने नौ अर्ब ६० करोड ५१ लाख र सङ्घीय रोयल्टी बाँडफाँटबाट चार करोड ७३ लाख बजेट दिएको छ।

सङ्घबाट १८ अर्ब ६५ करोड १९ लाख रुपियाँ प्राप्त भएकाले चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले हालसम्मकै ठुलो आकारको बजेट ल्याएको थियो तर आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारको बजेटको आकार पनि घटेकाले प्रदेश सरकारले पनि बजेटको आकार सानो बनाउनु पर्ने स्थिति आएको छ ।

आर्थिक वर्ष २०८० । ८१ का लागि सङ्घीय सरकारले १४ अर्ब ४२ करोड १९ लाख रुपियाँ बजेट दिएको छ । प्रदेश सरकारको बजेटको प्रमुख स्रोत सङ्घ सरकारले दिने बजेट हो। भने अर्को आम्दानीको स्रोत राजस्व सङ्कलन भए पनि यस प्रदेशमा उठ्ने राजस्व निकै न्यून रहेका ले चालु आर्थिक वर्षमा दुई अर्ब राजस्व सङ्कलनको लक्ष्य रहे पनि एक अर्ब ४० करोडसम्म उठ्ने अपेक्षा गरिएको आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले जानकारी दिएका छन ।

 

स्रोतको हिसाबले प्रदेश नाजुक अवस्थामा रहेको उनको भनाइ थियो। सुदूरपश्चिम प्रदेशको प्रशासनिक खर्च मात्रै १२ अर्ब २९ करोड छ। प्रदेशमा उठ्ने राजस्वबाट प्रशासनिक खर्चसमेत झेल्न सक्ने अवस्था छैन।

 

सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्ने छ । आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले दिने अनुदान कटौती गरेको र राजस्वका कारण बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा घट्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित