सिकलसेल रोग पहिचानका लागि नि:शुल्क रगत परीक्षण शिविर

37
VIEWS

बेलौरी,
बेलौरीमा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचानको लागि नि:शुल्क रगत परीक्षण शिविर सञ्चालन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र बेलौरी नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय कञ्चनपुरले शिविर सञ्चालन गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिविरको उद्घाटन गर्दै सिकलसेल एनिमिया सँगसँगै अन्य दीर्घ रोगहरूको पहिचान गर्न प्रदेश सरकार जनताको घर दैलोमा पुग्ने अभियानमा रहेको उल्लेख गर्नुभयो ।

बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको र छिट्टै प्रक्रिया सुरु गर्ने समेत उहाँले सुनाउनु भयो ।
शिविर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले प्रदेश सरकारले जनतालाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको बताउनु भयो ।

प्रदेश सभा सदस्य दिवानसिंह बिष्टले सिकलसेल रोगको पहिचान र उपचारका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमै नियमित रूपमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा सञ्चालनमा जोड दिनुभयो । उहाँले बेलौरीमा प्रदेश स्तरीय अस्पताल स्तरोन्नति गरी दक्षिणी क्षेत्रमै स्वास्थ्य सेवा प्रदान गर्न पहल गरिरहेको बताए ।

त्यस्तै प्रदेश सभा सदस्य गीता चौधरीले थारु समुदायमा बढी देखिएको सिकलसेललाई समयमै नियन्त्रण गर्न नसकेमा यसले थप भयावह स्थिति सृजना हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

सिकेलसेलबाट डगौरा थारु र रानाथारु समुदाय बढी प्रभावित रहेकोले बेलौरीबाट नि:शुल्क रगत परीक्षण शिविरको सुरुवात गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो ।

शनिबारदेखि सञ्चालित रगत परीक्षण शिविर १० दिनसम्म सञ्चालन हुने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले बताउनु भयो ।

यस अवधिमा रानाथारु र डगौरा थारु समुदायका १० वर्षदेखि २५ वर्ष उमेरसमूहका व्यक्तिहरूको रगत परीक्षण गरिने हुँदा सम्बन्धित वडाका लागि तोकिएको स्थान र समयमा गई रगत परीक्षण गर्न सम्बन्धित सबैलाई उहाँले अनुरोध गर्नुभयो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. जगदीश जोशी र महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले सिकलसेल रोगबारे जानकारी गराउनु भएको थियो ।

उद्घाटन कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले गर्नुभएको थियो । स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल र बेलौरीका स्वास्थ्यकर्मीहरूको टोलीले रगत परीक्षणका लागि नमुना लिने कार्य गरिरहेको छन्।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार