कञ्चनपुर,
नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता एव समाजसेवी कृष्णदत्त जोशी(बोक्सर)को टिमले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन ।
माओवादी नेता बोक्सर नेतृत्वको समाजसेवीको टिमले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका हुन । माओवादी नेता बोक्सरले सुदूरपश्चिमका विद्यमान समस्यादेखि दीगो विकासका लागि प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको बताए ।
उनका अनुसार गाईको संरक्षण, मझगाँउ विमानस्थलको शुचारु, दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माण, महाकाली नदीमा शान्ति घाट निर्माण, आरक्षपीडितका समस्या समाधान,महाकाली बहु प्राविधिक शिक्षालय, अस्पतालको सुधार, गेटा मेडिकल कलेजलाई विश्वविद्यालयदेखि विवित समस्या बारे ध्यानाकर्षण गराईएको छ ।
प्रधानमन्त्री प्रचण्डले ज्ञापन पत्र बुझ्दै सुदूरका समस्या र विकास निर्माणमा सरकार गम्भिर भएर लाग्ने आवश्वास दिएका थिए ।
Discussion about this post