बैतडीको डिलाशैनीमा पशु प्राविधिक खटिदैँ

बैतडी,
बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ अन्तर्गतका टोलहरुमा  पशु स्वास्थ्य प्राविधिक खटिएका छन् ।

घरपालुवा पशुचौपायामा लम्पी स्कीन रोगको माहामारि फैलिएपछि त्यसको रोकथामका लागि पशु स्वास्थ्य प्राविधिक खटिएका वडा अध्यक्ष प्रकाशमणी भट्टले जानकारी दिए ।

शुक्रबारदेखि वडाका टोलहरुमा पुगेर वडा कार्यालयमा कार्यरत पशु प्राबिधिक कर्ण बहादुर धामीले सेवा दिन थालेका हुन् । लम्पी स्कीन रोगले समस्या पु¥याएका ठाउँमा पशु स्वास्थ्य प्राबिधिक केन्द्रित रहेको उनले बताए ।

अहिले जताततै पशुहरुमा लम्पी स्कीन रोगका पशुचौपायाहरु रहेकाछन् । लम्पी स्कीन रोग देखिएका पशुहरु मध्ये करिव १० प्रतिशत मर्न थालेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित