शैक्षिक गुणस्तर सुधारका लागि लक्ष्मी माविका शिक्षकलाई तालिम

43
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको एक सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई तालिम दिएको छ ।

 

भीमदत्त नगरपालिका १९ बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई तालिम लिईएको हो ।

लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि कार्यरत शिक्षकलाई पुनर्ताजगी तालिम दिईएको बताए । प्रअ नाथका अनुसार विद्यालयले विभिन्न शिक्षासंग सरोकार राख्ने निकायसंग समन्वय गरेर तालिम संचालन गरिएको बताए ।

सोमबार एक कार्यक्रमका विच उक्त तालिमको भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले उद्घाटन गरेका छन । तालिम उद्घाटन गर्दै सामुदायिक विद्यालयको बृद्धि विकासका लागि शिक्षक नै अग्रसर हुनुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत गौलीले जसको पेशा हो, त्यही पेशाको मार्यादामा रहेर काम गर्नुपर्ने सुझाव छ ।

प्रमुख प्रशासकीय अधिकृत गौलीले विद्यालयको स्थलगत निरीक्षण गर्दै आन्तरिक प्रशासनदेखि शैक्षिक गतिबिधीमा उदाहरणीय काम गरेको विद्यालयको प्रसंसा गरेका छन । उनले यस्तै गरी अन्य सामुदायिक विद्यालय अघि बढ्नुपर्नेमा समेत सुझाव दिदै विद्यालयको बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

उद्घाटन समारोहका प्रमुख प्रशिक्षण समेत रहेका भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यालय आफैले शिक्षकको क्षमता अभिबृद्धिका लागि अग्रसर भएर संचालन गरेको तालिम प्रभावकारी हुने बताए । अर्का प्रशिक्षक ओम प्रकास जोशीले सिकाईमा संगितको प्रयोग गरे शिक्षक सिकाई दीर्घकालिन हुने बताए ।

भीमदत्त नगरपालिका कार्यपालिका सदस्य समेत रहेकी बसन्ती जोशीले विद्यालयको बृद्धि विकासमा आफ्नो तर्फबाट सहयोग गर्ने बताईन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीको अध्यक्षतामा शुरु भएको कार्यक्रमको संचालन सहायक प्रअ प्रेम प्रकास जोशीले गरेका थिए ।

तालिममा विद्यालयका सम्पूर्ण शिक्षक सहभागि भएका थिए । शिक्षकले यसरी विद्यालयबाटै तालिम दिने कार्यबाट उत्साहित भएको बताए । शिक्षासंग सम्बन्धीत विज्ञबाट प्रशिक्षण हुनेछ ।

मंगलबारदेखि भीनपा १९ मा रहेका सबै सामुदायिक विद्यालयका शिक्षक सहभागि हुनेछन । तालिम बुधबारसम्म संचालन हुनेछ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार