बेलौरी नगरपालिकाको सुचना अधिकारीमा सव इन्जनियर बिष्ट

105
VIEWS

बेलौरी,
बेलौरी नगरपालिकाको सूचना अधिकारीमा सव इन्जनियर राजेन्द्र बिष्ट तोकिएका छन् ।

 

केही समय देखि सूचना अधिकारी विहिन बनेको पालिकाले फेरि नयाँ सूचना अधिकारी चयन गरेको हो । आज एक सूचना जारी गर्दै पालिकाले सब(ईन्जिनियर बिष्टलाई सूचना अधिकारीको जिम्मेवारी दिईएको पालिकाले जनाएको छ ।

पालिका प्रमुख प्रशासकिय अधिकृत तारा दत्त अवस्थीका अनुसार पालिकाले सूचना अधिकारी राख्ने नियमानुसार पालिका भित्रका सूचना पार्दर्शी बनाउनका लागि बिष्टलाई जिम्मेवारी दिएको बताए ।

सूचना अधिकारीको जिम्मेवारी पाएका बिष्टले आफुलाई दिएको जिम्मेवारी कानुन बमोजिम निर्वाहा गर्ने बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार