कैलाली:
कैलालीको धनगढीमा दुई हजार मेट्रिकटन क्षमताको कोल्डस्टोर शीत भण्डार निर्माण भइरहेको छ। धनगढी उपमहानगरपालिका–१६ फुलबारीमा संघीय सरकारको सहयोगमा कोल्डस्टोर निर्माण भइरहेको छ । त्यस्तै गोदावरी नगरपालिका–१ अत्तरिया स्थित हाट तथा थोक तरकारी बिक्री बजारमा ७५० टन क्षमताको कोल्डस्टोर निर्माण अन्तिम चरणमा पुगेको छ ।प्रदेश सरकारको सहयोगमा अत्तरियामा कोल्डस्टोर निर्माण भइरहेको हो।
कृषि मन्त्रालय र एसियाली विकास बैंकको सहयोगमा घोडाघोडी नगरपालिका–१० मोहन्यालमा कृषि तथा पशुपंछी फर्मको नामबाट तीन हजार टन क्षमताको कोल्डस्टोर यसअघि नै निर्माण भइसकेको छ। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लाभित्र एक सञ्चालन र दुई कोल्डस्टोर निर्माणाधीन अवस्थामा छन्।त्यस्तै डडेलधुरा, कैलाली र कञ्चनपुरमा तीन शीत भण्डार सञ्चालनमा छन्। कञ्चनपुरमा निजी लगानीमा स्थापना भएको सुसनदीप आइस एन्ड कोल्डस्टोर भने अहिले बन्द छ।
डडेलधुरामा ६ करोड ५० लाख लगानीमा खुलेको १४ सय ५० मेट्रिकटन क्षमताको उग्रतारा शीत भण्डारमा आलु र मौसमी, सुन्तला भण्डारण गरिन्छ। दुई करोड ९९ लाख सरकारको सहयोग र बाँकी निजी लगानीमा कोल्डस्टोर स्थापना गरीएकोसाना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना रिज्मएफपी को ६५ प्रतिशत अनुदान र स्थानीय उद्योगी व्यपारीहरूको ३५ प्रतिशत लगानीमा २०७४ सालमा शीत भण्डारको स्थापना गरिएको हो।
आवश्यक चिस्यान नहुँदा शीत भण्डारमा भण्डार गरिएका आलुमा टुसा पलाएपछि शीत भण्डारलाई दुई पार्टमा व्यवस्थापन गरि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाईको सहयोगमा शीत भण्डार पूर्ण रूपमा सञ्चालनमा आएको छ। शीत भण्डारको क्षमता १४ सय ५० मेट्रिकटन १४ हजार पाँच सय क्विन्टल छ।
Discussion about this post