बाल विवाह न्यूनिकरणमा जोड

21
VIEWS

कञ्चनपुर,
कञ्चनपुरका सरोकारवाला निकायले बाल विबाह न्यूनिकरणमा जोडदिएका छन । बाल विबाहका कारण थुप्रै समाजिकदेखि हिन्साका समस्या निम्तिएकाले बाल विबाह न्यूनिकरण गर्नुपर्नेमा जोडदिएका हुन ।

मंगलबार महेन्द्रनगर समाजिक विकास कार्यालय कञ्चनपुरले आयोजना गरेको ‘महिला सहकारी सञ्जाहरुसंगको सहकार्यमा बाल विवाह न्यूनिकरण सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रमका सहभागिहरुले बाल विवाह न्यूनिकरणको विकल्प नभएको बताएका छन । समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीले बढ्दै गएको बाल विवाह रोकथाम गर्ने उदेश्यका साथ सरोकारवालासंग छलफल गरिएको बताए ।

कार्यालय प्रमुख जोशीले बाल विवाहका कारण समाजिक रुपमा थुप्रै समस्या निम्तिन थालेपछि सरोकारवाला निकाय सकृय बनाउन कार्यक्रम गरिएको बताए । कार्यालय प्रमुख जोशीले आगामी दिनमा पालिकासंग सम्बाद, सहकार्य, समन्वय माध्यमबाट बाल विवाह रोक्न कार्यक्रम संचालन गरिने बताए ।

कार्यक्रममा कञ्चनपुरका महिला विकास शाखा प्रमुख, समाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरी सहितले विद्यमान अवस्थामा बाल विबाह बारे कार्यपत्र प्रंस्तुत गर्दै रोकथामका लागि आ–आफ्नो तहबाट पहल भईरहेको प्रतिबद्धता जाहेर गरेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बाल विवाह सम्बन्धी जिल्लामा ज्यादै न्यून उजुरी पर्ने गरेको बताए ।

‘अहिले एक मात्रै बाल विवाह सम्बन्धी उजुरी परेको छ, ‘उनले भने, ‘हामीले कार्बाही समेत अघि बढाएका छौँ ।’ कार्यक्रमका प्रमुख अथिति समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बाल विवाह रोकथामका लागि सबैले आ–आफ्नो ठाँउबाट जनचेतनामुलक कार्यक्रमदेखि कर्तव्य निर्वाहमा जोडदिएका छन ।

समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी विमला कुमारी खत्रीले संचालन गरेको गरेकी थिईन । कार्यक्रममा महिला तथा बालबालिका सम्बन्धी सरोकारवाला विभिन्न निकायका प्रतिनिधीको सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार