भोली सुदूरपश्चिम प्रदेशभर शोक बिदा

78
VIEWS

बेलडाँडी,
सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको आज सवारी दुर्घटनामा परि निधन भएको हुदा भोलि ६ गते शोक बिदा दिईएको छ ।

 

डडेल्धुराबाट बझाङ जिल्ला जाने क्रममा उनी सहित ५ जना सवार सु.प.प्र. ००१ झ. ४८० नम्बरको जिप दुर्घटना हुदा उनी सहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको समेत निधन भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०।०३।०५ गते बसेको बैठकले सवारी दुर्घटनामा परी निधन भएका मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री सिंहको असामयिक निधनमा मिति २०८० साल असार ६ गते बुधबारका दिन सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने र उक्त दिन सुदूरपश्चिम प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायहरुमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेकोले सम्बन्धित सबैको जानकारीको लागि विज्ञप्ति जारी गरिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार