पुनर्वासमा नगरस्तरीय रोजगार सम्वाद मञ्च गठन

16
VIEWS

किशोर तामाङ/पुनर्वास,

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा रोजगार सम्वाद मञ्च गठन गरिएको छ।

 

नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देिशका, २०७५ को दफा ४७ र पुनर्वास नगरपालिका रोजगार संवाद मञ्च सञ्चालन कार्यिवधि,२०७७ को दफा ३ बमोजिम पुनर्वास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष एवम् नगर आर्थिक विकास समितिका सभापति मोहन लाल राना ज्यूको संयोजकत्वमा एघारा सदस्यीय समिति गठन गरिएको छ ।

(नगरपालिकामा रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगार नीति र कार्यक्रमका सम्वन्धमा आवश्यक सुझाव दिन रोजगार सम्वाद मञ्च गठन)

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित गर्न, स्थानीय स्तरमा देखिएका बेरोजगारी समस्यालाई क्रमिक रूपमा न्यूनिकरण गर्दै रोजगारी सिर्जना गर्ने दिगो उद्देश्यका साथ पालिका भित्र रहेका प्रत्येक वडामा बेरोजगारहरूको अभिलेख राख्न, स्थानीय तहलाई रोजगार कार्यक्रमको बारेमा स्पष्ट पार्न र रोजगारी सम्बन्धि विभिन्न सल्लाह सुझाव प्रदान गर्न समिति गठन गरिएको नगर रोजगार शाखा प्रमुख दिपक चन्दले बताए।

 

उक्त रोजगार सम्वाद मञ्चका सदस्यहरूमा राज कुमार रायमाझी, प्रतिनीधि पुनर्वास उद्दोग वाणिज्य संघ , देवी लोहनी, स्थानीय गैर सरकारी संस्थाको प्रतिनीधि ,,धौलराम सार्की, उद्दोग हेर्ने पुनर्वास न.पा. प्रतिनीधि , पुष्पा रोकाया, सहाकरी क्षेत्रको प्रतिनीधि ,विन्दु श्रेष्ठ, नागरिक समाज प्रतिनीधि , भरत विष्ट, घरेलु तथा साना उद्दोग संचालक प्रतिनीधि ,किशोर तामाङ, सञ्चार क्षेत्रको प्रतिनीधि, दिपक चन्द, रोजगार संयोजक पुनर्वास नगरपािलका सदस्य सचिव, रहने गरी प्राविधिक सहायक, रोजगार सेवा केन्द्र का घनश्याम थापा र रोजगार सेवा केन्द्र का सहायक लक्ष्मण भट्ट रहेका छन्।

दिगो विकासका लागि नगरमा कृषिलाई प्राथमिकतामा राखि परनिर्भरता घटाएर स्थानिय स्तरमै दक्ष जनशक्ति तयार गरी रोजगारीका अवसर दिन सकेमा सम्बन्धित व्यक्तिको पारिवारिक विकाससंगै समाज विकासमा समेत योगदान पुगी गरिवी निवारण गर्न सकिने रोजगार सम्वाद मञ्चका अध्यक्ष रानाले जिकिर गर्नुभयो।

नगर रोजगार सम्वाद मञ्चका अध्यक्ष मोहन लाल रानाज्यूको अध्यक्षतामा स्थानिय नगर रोजगार संवाद मञ्च सञ्चालन कार्यिवधि,२०७७ को दफा ५ बमोजिम बैठक बसी पुनर्वास नगरपालिकाको रोजगार संवाद मञ्च सञ्चालन यस पुनर्वास नगरपालिकामा रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगार गर्न र रोजगार नीति र कार्यक्रमका सम्वन्धमा नगरपालिकालाई आवश्यक सुझाव पेश गर्ने गरी आज विबिध बिषयमा छलफल गरि निर्णय गरिएको रोजगार संयोजक पुनर्वास नगरपािलका रोजगार सम्वाद मञ्चका सदस्य सचिव दिपक चन्द ले जानकारी दिनुभयो।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार