तस्करमाथि शसस्त्र प्रहरीको एक्सन ः कञ्चनपुरमा ११ महिनाको अवधिमा ३ करोड भन्दा बढि भन्सार छलीका समान बरामद

कञ्चनपुर,
सीमावर्ती चोरी तस्करी हुने कञ्चनपुर जिल्लामा सशस्त्र प्रहरीले भारतबाट गैर कानुनी रुपमा चोरी तस्करी गरेर नेपाल भित्र्राउन लागेका अवैध समान बरामद गर्दै आएको छ ।

सशस्त्र प्रहरी बलले कञ्चनपुरमा ११ महिनाको अवधिमा ३ करोड भन्दा बढि मुल्यका भन्सार छलीका समान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वा शैलेश्वरीको तथ्याङ्ग अनुसार चालु आर्थिक बर्ष ०७९÷०८०को जेठ मसान्तसम्ममा ३ करोड भन्दा बढि मुल्य पर्ने अवैध समान बरामद गरेर भन्सार बुझाईएको छ ।

चालु आर्थिक बर्षको अन्तिम असार महिलाको पहिलो सातासम्ममा ३२ लाख बराबरका अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वा शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले गण र गणमातहत रहेका प्रस्तावित गुल्म एव बोर्डर आवट पोष्टबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा भन्सार नकोटेरै नेपाल भित्रिएका व्यवसायिक समान बरामद गरेर भन्सार बुझाईएको बताए ।

उनका अनुसार भारतबाट गैर कानुनी रुपमा तस्कर समुहले किराना, खाद्यान्न, सवारी साधन, कपडा, हार्डवेयरका समान सहित प्रतिबन्धित कुखुरा, अण्डा सहितका व्यवसायिक समान बरामद गर्दै कैलाली, कञ्चनपुरका भन्सार कार्यालयमा बुझाईएको छ । आगामी दिनमा समेत भन्सार चोरीछलीमा सशस्त्र प्रहरीले सुन्य सहनशिता नीति अनुरुप गैर कानुनी गतिबिधी नियन्त्रण गर्ने जनाएको छ ।

सशस्त्र प्रहरीले भन्सार राजस्व चुहावट रोकथामका लागि प्रभावकारी काम गरेको भन्दै्र प्रसंसा हुन्दै थप भन्सार चोरी तस्करीमा कडाई गर्नुपर्ने स्थानीयको सुझाव छ ।
भन्सार कार्यालयले समेत भन्सार चोरी पैठारीमा सशस्त्र प्रहरीले समेत सकारात्मक भूमिका निर्वाह गरेको जनाईएको छ ।

साईकल, मोटरसाईकलदेखि ठुलठुला सवारी साधनमा खुलेयाम तस्कर समुहले भारतबाट यसरी भन्सार छलेर समान ल्याउने प्रवृतिले राजस्व लक्ष्य समेत पुरा हुन नसकेको छैन ।

भन्सार कार्यालय कञ्चनपुरका प्रमुख धुव्र विश्वकर्माले चालु आर्थिक बर्ष ११ महिनाको अवधिमा ५४ करोड ९० लाख राजस्व संकलन गर्ने लक्ष्य भएपनि ३८ करोड ७६ लाख रुपैँया मात्रै संकलन भएको बताए । ठुला तस्करमाथि निर्मम भएर कार्बाही गर्नुपर्ने सीमावर्ती क्षेत्रका स्थानीय जनताको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित