कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशमा आवश्यकता अनुरुप शैक्षिक योजना निर्माणका लागि सरोकारवाला निकायलाई आईएमआईएस तालिम दिईएको छ ।
शिक्षा विकास निर्देशनालयले प्रदेशमा आवश्यकता अनुरुप शैक्षिक योजना निर्माणका लागि सरोकारवाला निकायलाई आईएमआईएस तालिम दिईएको हो । शिक्षा विकास निर्देशनालयले कञ्चनपुरको महेन्द्रनगरमा बुधबार र बिहीबार शैक्षिक सुचना व्यवस्थापन प्रणाली(आईएमआईएस) को अद्यावधी तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम दिएको जनाएको छ ।
शिक्षा विकास निर्देशनालय दिपायल डोटीका प्रमुख शिक्षा निर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालयको ‘ए टु जेट’ विवरणलाई यकिन र समयमै अद्यावधी गर्न गराउने उदेश्यका साथ शिक्षाका प्रतिनिधीलाई अभिमुखिकरण गराएको बताए । निर्देशक विष्टले तीन वटै शिक्षासंग प्रत्यक्ष काम गर्दै आएका सरोकारवाला निकायका प्रतिनिधीलाई आईएमआईएस अभिमुखिकरण गराईएको बताए ।
निर्देशक विष्टका अनुसार सुप प्रदेशका पालिका शिक्षा शाखा, समाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, रोष्टर शिक्षक सहितलाई एकसाथ सामुदायिक विद्यालयले यस अघिदेखि भर्दै आएका आईएमआईएस बारे अभिमुखिकरण गराईएको बताए ।
‘यसबाट सम्बन्धीत विद्यालयका शिक्षक, विद्यार्थी संख्या, भौतिक अवस्था के कस्तो छ, सबै विषय बारे शिक्षा सरोकारवाला निकायलाई एकीन जानकारी हुन्छ, ‘शिक्षा विकास निर्देशक विष्टले भने, ‘विद्यालयको यर्थात डाटा आएपछि आवश्यकता पहिचान गरेर प्रभावकारी शिक्षा योजना लागु गरेर शैक्षिक गुणस्तर बृद्धि गर्न मदन पुग्छ ।’
विद्यालयका विभिन्न क्षेत्रको समयमै पहिचान भए समस्याको नीति तथा व्यवहारिक पक्ष समाधान गर्न सकिनेछ ।
आईएमआईएस विज्ञ सम्वेदन कोईराला र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रामचन्द्र तिम्लिसिनाले आईएमआईएस बारे प्रशिक्षण दिएका थिए । तालिममा सहभागि रोष्टर शिक्षक, पालिका शिक्षा शाखा, समाजिक विकास कार्यालय शिक्षा विकास तथा समन्वय इकाई केन्द्रका प्रमुख एव प्रतिनिधीले दुई दिने अभिमुखिकरण तालिम बारे थप सामुदायिक विद्यालयले गर्ने शैक्षिक कामकाज अनलाईन डाटा ईन्ट्रीबारे जानकारी पाईएको उक्त विषय व्यवहारिक रुपमा कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन ।
०५६ सालदेखि शुरु भएको आईएमआईएस प्रणालीको प्रविधिको विकास, जनशक्ति उत्पादन विवित समस्याले अहिलेसम्म प्रभावकारी संचालन भएको छैन ।
आईएमआईएस प्रणालीमा कतिपय विद्यालयले गलत विवरण भर्ने र नियमित जिम्मेबार निकायबाट नसच्याउँदा शिक्षातर्फका योजना निर्माणमा चुनौती थपिदै आएको छ । यसर्थ समयमै एकीन विवरण भर्ने र भर्न लगाउनपर्ने शिक्षा विकास निर्देशक विष्टले आग्रह गरेका छन ।
सुदूरपश्चिम प्रदेशका शिक्षा विकास निर्देशक दुर्गादत्त विष्टले पालिका, समाजिक विकास एव शिक्षा विकास समन्वय इकाई केन्द्र, समबन्धीत विद्यालयलाई आईएमआईएस एकिन विवरण भर्नेदेखि भर्न लगाउनुपर्ने, त्रसचेकजाँच गर्न समेत निर्देशन दिएका छन ।
Discussion about this post