लालझाडीका अध्यक्ष उपाध्यक्षद्वारा पालिका भित्रका निर्माणाधिन योजनाको एकैसाथ अनुगमन

100
VIEWS

लालझाडी,
कञ्चनपुरको लालझाडी गाउँपालिकाले निर्माणाधिन विकासी योजनाको अध्यक्ष उपाध्यक्ष लगायतको टोलीले एकै साथ अनुगमन गरेका छन् ।

गाउँपालिका अध्यक्ष निर्मल राना र उपाध्यक्ष सपना चौधरी रानाले बर्खायाममा हिलाम्मेका कारण हिड्नै नसकिने लालझाडीलाई लगभग अहिले हिड्ने लायकको भएको बताए । हिजोका दिनमा बर्खा शुरुहुना साथ लालझाडीका गाउँटोलमा पस्न सक्ने स्थिति थिएन अहिले जनप्रतिनिधी आए यता विकासले फड्को मारेको महसुस गरिन थालेको छ ।

अध्यक्ष रानाले भने “योजनाहरुलाई पारदर्शी जवाफदेही बनाउका लागि उपाध्यक्षको नेतृत्वमा टोली बारम्वार अनुगमन गर्ने गर्दछ र कहिले काही मैले पनि योजना अनुगमन गर्ने गरेको छु वहाँले भन्नु भयो”। आफुहरुको बारम्वार ताकेताले योजना पारदर्शी हुने हुदा राम्रो कार्य गर्नेलाई प्रशंसा गर्ने गरेका छौं । यो कार्यले काम गर्ने निर्माण कम्पनीको ठेक्दार होस या उपभोक्ता समिति होस् उनीहरुले राम्रो कार्य गर्ने गरेको पाइएको जनाए ।

 

अन्य ठाउँका स्थानीय तहको तुलनामा लालझाडीमा विकास निर्माणका काम पारदर्शी, चुस्त, दुरुस्त र छिटोछरितो ढंगले हुने गरेको प्रत्यक्षदर्सीको भनाइ छ तर लालझाडी जोड्ने अहिले सम्म ठेक्दारको लापर्वाहीले पुल बन्न सकेको छैन् । अध्यक्षले त्यहाँ पनि बारम्वार ताकेदा गर्दा समेत ठेक्दार कम्पनीले वास्ता गरेको छैन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार