सुदूरपश्चिम प्रदेशमा गौरव यात्रा भब्यताका साथ मनाइयो

26
VIEWS

कञ्चनपुर,

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको धनगढीमा आज यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले पहिलोपटक प्राइड परेड मन्थ (गौरव यात्रा) भब्यताका साथ मनाइएको छ।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू ए पलस) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरि जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका छन् ।

निलहिरा समाज काठमाडौको सहयोगमा सुदूरपश्चिम समाज धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलोपटक गौरव यात्रा मनाएको यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी एवं सुदूर पश्चिम समाज धनगढीका अध्यक्ष करुणा नेपालले बताउनु भयो।

उनका अनुसार ,पछिल्लो समय मा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरु आफ्नो हक अधिकारका लागि राज्य सामु आई खुल्न थालेपछि सुदूरपश्चिम प्रदेशमा पहिलोपटक गौरव यात्रा उत्सव प्रभातफेरि र्‍याली निकालेर मनाएको हो। उक्त र्‍याली धनगढी चौराह देखि धनगढी उप-महानगरपालिकाको प्राङ्गणमा आएर सम्पन्न भएको थियो। नेपालका सातै प्रदेशमा गौरव यात्रा मनाएको छ। विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउने गरिन्छ ।

किन मनाइन्छ ‘प्राइड परेड’ गौरव यात्रा?

सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको हो। उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यक माथि प्रहरीले छापाका नाममा आक्रमण गरी उनीहरु माथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो। यही प्राइड परेडका सम्झनामा विश्वभर अंग्रेजी वर्षको जुन महिनामा ‘प्राइड परेड’का नाममा विभिन्न कार्यक्रमहरू गरि मनाइने गरिन्छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार