तिलाचौरमा विपश्यना साधना ध्यान केन्द्र निर्माण हुने

33
VIEWS

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक गाँउमा साधना केन्द्र निर्माण हुने भएको छ ।

भीमदत्त नगरपालिका ८ तिलाचौरमा विपश्यना साधना ध्यान केन्द्र निर्माण हुने भएको हो । सुदूरपश्चिम विपश्यना साधना केन्द्रले ध्यान केन्द्र निर्माण गर्न लागेको छ ।

सोमबार एक कार्यक्रमका विच साधना ध्यान केन्द्रको शिलान्यास गरिएको छ । ध्यान केन्द्रको हल निर्माणनका लागि शिलान्यास गरिएको हो । पहिलो हल ५० जनाले एकसाथ ध्यान केन्द्र गर्र्ने क्षमताको हल निर्माण हुनेछ ।

विपश्यना ध्यान केन्द्रका आचार्य खगेश्वर अर्याल, सहायक आर्चाय अमिर खातीले साधना ध्यान केन्द्रको शिलान्यास गरेका छन । साधना केन्द्रको शिलान्यास गर्दै विपश्यना ध्यान केन्द्रका आचार्य खगेश्वर अर्यालले ध्यान गर्नका लागि सहज हुने बताए ।

सुदूरपश्चिम विपश्यना साधना केन्द्रका अध्यक्ष नारद पाण्डेयले तिलाचौर स्थित आफ्नै जमिन र एक घर ध्यान केन्द्र निर्माणाका लागि दिएका छन । झण्डै पौने तिन विगाह जमिन सहित एक पक्की घर २० बर्षका लागि अध्यक्ष पाण्डेयले निःशुल्क दिएका छन ।

यस अघि सुदूरपश्चिम विपश्यना साधना केन्द्रले भीनपा ९ ताराकोटमा ध्यान केन्द्र निर्माणका लागि संरचना बनाउँदा बिरोध भएपछि तिलाचौरमा ध्यान केन्द्र बनाउने काम शुरु भएको हो ।

सुदूरपश्चिम भीमदत्त नगरपालिका महेन्द्रनगर बजारदेखि उत्तर ग्रामिणबस्तीमा ध्यान केन्द्र निर्माण भएसगै यहाँका ध्यान गर्ने सेवाग्राहीका लागि सहज हुनेछ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार