आजदेखि लागु हुनेगरि घट्यो पेट्रोलियम पदार्थको मुल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

पेट्रोल तथा डिजेल–मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाईएको निगमले जनाकारि दिईएकाे छ।

हिजो साँझ बसेको निगम सञ्चालक समितिको बैठकले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य र तराईको हकमा प्रतिलिटर ७ रुपैयाँ ५० पैसा घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाउने निर्णय गरेको हाे ।

 

अब काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०÷१५० रुपैयाँ पर्नेछ। त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७।५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७।५/१४७।५ रुपैयाँ पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित