मन्दिरको यज्ञशालाका लागि आएको बजेट कार्यान्वयनको माग

कञ्चनपुर:

कञ्चनपुर कलुवापुरमा रहेको शिवपार्वती मन्दिर संरक्षण समितिले केन्द्रबाट आएको बजेट कार्यान्वयनका लागि माग अघि सारेको छ ।

 

शुक्लाफाँटा नगरपालिका ११कलुवापुरमा रहेको शिवपार्वती मन्दिर समितिले चालु आर्थिक बर्ष ०७९÷०८०का लागि आएको बजेट सदुपयोग गर्दै कार्यान्वयन गरिदिन माग अघि सारेको हो ।

 

चालु आर्थिक बर्ष संघीय सरकारबाट यज्ञशाला निर्माणका लागि आएको ८ लाख बजेट कार्यान्वयनमा वडा र पालिका सरकारले साथ नदिएको दुखेसो पोखेका छन । शिवपार्वती मन्दिर संरक्षण समितिका पुजारी समेत रहेका उपभोक्ता समितिका अध्यक्ष उमापती भट्टले अधिल्लो आर्थिक बर्षमा आएको बजेट समेत वडा कार्यालयले कार्यान्वयन हुन नदिएको र अहिलेपनि सहयोग गरेको बताए ।

 

‘मलाई आम भेलाबाट अध्यक्ष बनाईयो, ‘उनले भने, ‘संरचना बनाउन समाग्री ल्याए तर अन्तत वडाले बनाउन दिइन ।’ मन्दिरसंगै रहेका अन्य कार्यालय, संघ संस्थाका संरचना धमाधम बनेपनि मन्दिर निर्माणमा अवरोध आईरहेको दुखेसो पोखे । ‘

 

अधिल्लो बर्ष हामीले यज्ञशाला बनाउँदा वडाले पिल्लर भत्काईदियो, ‘उनले भने, ‘हामीले वडा बिरुद्धमा मुद्दा दियौँ, अहिले वडाले हामीसंग प्रतिशोध साँधेको छ ।’ वडा र पालिका सरकारले साथ नदिदा धार्मिक क्षेत्रमा आएका बजेट समेत कार्यान्वयन हुन नदिएको दुखेसो पोखे । शुक्लाफाँटा नगरपालिका ११का वडाध्यक्ष शेरसिह साउदले कानुन अनुरुप कामकाजमा वडाले कसैलाई अवरोध नगरेको बताए ।

 

वडाध्यक्ष साउदले वडाबाट मन्दिरका संरचना निर्माणमा कुनै अवरोध नभएको दावि गरे । शुक्लाफाँटा नगरपालिका ईन्जिनियर लोकेन्द्र प्रशाद भट्टले निर्माणमा विवाद आएपछि बजेट फ्रिज हुने बताए ।

 

‘हामीले पालिकाबाट लाईनिङ्गदेखि सबै प्राविधिक सहयोग गरेका छौँ, ‘उनले भने, ‘उनीहरुविचमै कहिले कता कहिले कता बनाउने विषयमा विवाद रहेछ ।’स्थानीयले समेत सबैको आस्थाको केन्द्र मन्दिरमा वाद विवाद, राजनीति गर्न नहुने सुझाव दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित