महेन्द्रनगर मावि(साधारण)लाई बासुदेव स्मृति फुटबल प्रतियोगिताको उपाधी

58
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको महेन्द्रनगर मावि(साधारण स्कुल)लाई बासुदेव स्मृति फुटबल प्रतियोगिताको उपाधी पाईएको छ ।

गत बिहीबारदेखि महेन्द्रनगरमा शुरु भएको बासुदेव स्मृति फुटबल प्रतियोगिताको उपाधी महेन्द्रनगर मावि(साधारण स्कुल)लाई पाईएको हो ।

मंगलबार समापन प्रतियोगिता महेन्द्रनगर मावि साधारण र फ्लोरिडा ईन्टरनेशल स्कुलविच भएको थियो । समापनमा साधारणले नै जितेपछि उपाधी पाएको हो । उप विजेता फ्लोरिडा ईन्टरनेशल स्कुल भएको छ ।

पढाईका साथै महेन्द्रनगर मावि विद्यालय खेल क्षेत्रमा समेत अब्बल भएको छ । महेन्द्रनगर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले नियमित पढाईका साथै विद्यार्थीमा खेलकुद सहितका अतिरिक्त कृयाकलाप गराएको परिमाण फुटसलमा टिम विजेता भएको बताए ।

ज्ञान भण्डार स्र्पोटर्स सेन्टरको आयोजनामा बासुदेव स्मृति फुटसल प्रतियोगिता अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । महेन्द्रनगरमा पुस्तक व्यवसायी एव समाजसेवी स्व.बासुदेव बोहराका छोराहरु गौरब र सौरबले बाबुको स्मृतिमा फुटसल प्रतियोगिता आयोजना गरेका थिए ।

बिजेता महेन्द्रनगर मावि(साधारण)ले ५१ हजार १११ र उपविजेता फ्लोरिडाले २५ हजार ५५५रुपैया प्रमाण पत्र सहित पुरस्कार पाएका छन । उनीहरुले खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खडकाले पुरस्कार एव प्रमाण पत्र हस्तान्तरण गरेका थिए । प्रतियोगितामा २६ विद्यालयका टीम सहभागि भएका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार