पाटनका शिक्षक बिष्टको हत्या गर्ने श्रीमानलाई २५ वर्ष र श्रीमतीलाई ६ वर्ष जेल सजाय 

52
VIEWS

बैतडी,
बैतडी पाटनमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न श्रीमानश्रीमतीलाई कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत बैतडीले हत्यामा संलग्न पुर्चौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरा र उनकी २२ वर्षीया श्रीमती विमलालाई कैद सजाय सुनाएको हो ।
बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजा बोहरालाई २५ र विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो ।

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए ।

शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार