गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक क्याम्पस बनाउन माग अघि सारेर प्रधानमन्त्रीलाई ज्ञापन

18
VIEWS

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाको एक समुदायिक क्याम्पसलाई सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग अघि सारिएको छ ।

बैतडीको डिलाशैनी गाँउपालिकामा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसलाई सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग अघि सारिएको हो ।

गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पस संचालक समितिले हिजो आइतबार काठमाण्डौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटेरै ज्ञापन पत्र बुझाएको छ । गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पस संचालक समितिका सदस्य एव सुप प्रदेशका विद्यार्थी नेता तिलक मालले कुनैपनि सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।

‘हाम्रो क्याम्पस ग्रामिण दुर्गम गाँउमा छ, स्रोत साधन पनि छैन, ‘उनले भने, ‘क्याम्पस प्राविधिक भएकाले सरकारको लगानी आवश्यक छ, त्यसका लागि समुदाय स्तरबाटै मात्र नभई सरकारी विश्वविद्यालयको आगिक क्याम्पस बनाउन आवश्यकता भएकाले सिधै सम्माननिय प्रधामन्त्री प्रचण्ड ज्यूलाई ज्ञापन पत्र बुझाएका छौँ ।’

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त क्याम्पसमा प्राविधिक शिक्षा भएकाले सरकारले उक्त क्याम्पसलाई आंगिक बनाएर गाँउमै उच्च शिक्षाको सुविधा दिलाउनुपर्ने अभिभावकको माग अनुरुप संचालक समितिले त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेरै ज्ञापन पत्र बुझाएका हुन ।

गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पस प्रमुख प्रमानन्द जोशीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । क्याम्पस पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलले उक्त स्थानको शैक्षिक सम्भाव्यता अध्ययन गरेर सरकारले जनताको माग अपेक्षा अनुरुप अघि बढ्ने आश्वासन दिएका थिए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा बैतडी क्षेत्रबाट पुर्व संसद एव माओवादी नेतृ रेनु चन्दले बैतडीका विद्यार्थीको आवश्यकता अनुरुप आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएकी थिईन ।

राष्ट्रिय सभा सदस्य समेत रहेका नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि चौधरीले समेत पहाडी जिल्लाका विद्यार्थीको समस्या बुझेर सरकारले कुनै कसर बाँकी नराखेर आंगिक क्याम्पस बनाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार