राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर,बेलडाँडी एमाले गाउँकमिटी सदस्य पाण्डे समेत प्रवेश

बेलडाँडी-राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर यति बेला कञ्चनपुरमा व्यापक चलेको छ ।

कञ्चनपुरका विभिन्न पालिकाहरूमा विभिन्न पार्टी तथा स्वतन्त्र बसेका युवाहरूको स्वतन्त्र पार्टीमा प्रवेश गर्ने लहर चलेको हो ।

अधिकांश नेपाली युवा देशको नेतृत्व गर्ने पहुँचभन्दा धेरै पर छन् । आधारभूत आवश्यकता पूरा गर्न देश एवं विदेशको छेउ र कुनातिर अल्झिई बाँच्नु परेको छ । यो देशले गरिब अनि सिमान्तकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा वरै सीमित गरिदिदा र आफ्नै रगत–पसिनामा टिकेको यो देशको नवीन परिकल्पना गर्नै नदिने यो राजनीतिलाई तृष्णा गर्दै नयाँ जनमुखी बिचारलाई आत्मसात गर्दै रबी लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ ।

नेकपा एमाले बेलडाँडी गाउँकमिटी सदस्य तथा निवर्तमान वडा सदस्य भोज राज पाण्डेले एमाले परित्याग गर्दै सोमवार स्वतन्त्र पार्टी प्रवेश गरेको बेलडाँडीका स्वतन्त्र युवा नेता तेज सिंह धामीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार पछिल्लो समयमा पार्टीको जनमुखी कार्यले अधिकांश युवाहरूको मन जित्न सफल भएकाले पार्टीमा विभिन्न ब्याक्तित्वहरूले प्रवेश गर्ने कार्य भईरहेको बताए ।
यस्तै दैनिक पार्टी प्रवेश गर्नेको संख्या वृद्धि भईरहेको वहाले जनाउनु भयो ।

नेकपा एमाले बेलडाँडी गाउँकमिटीका अनुसार पाण्डे अहिले कुनै पार्टी संगठनमा नरहेको बताए । पाण्डेले संगठनको विरूद्धमा ७९ को स्थानीय निर्वाचनमा वडा नं २ बाट एमालेका उम्मेदवारका विरूद्धमा बागी उम्मेदवारी दिएकाले उनी लगायत ३ जनालाई कार्वाही गरेको र अहिले सम्म कार्वाही फुकुवा नभएको एमाले गाउँकमिटीका नेता शंकर भट्टले जानकारी गराउनु भयो ।

स्वतन्त्र पार्टीका नेता जनक सिंह धामी, तेज सिंह धामी, केशब राज जोशी, प्रकाश धामी, अमित शाही लगायतका नेता कार्यकर्तालेहरूले उनलाई पार्टीमा स्वागत गर्दै शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित