सुदूरपश्चिमको बजेटमा एमालेको टिप्पणी( नीतिगतभन्दा पनि नेतागत बजेट आयो

 

कैलाली :

 

सुदूरपश्चिम सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्षको बजेटमा अहिले प्रदेशसभा बैठकमा छलफल चलीरहेको छ । छलफलको क्रममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट स्वार्थमुखी भएको टिप्पणी गरेका छन। उनले सांसद विकास कोष लागु गरेर जनविरोधी काम गरेको आरोप लगाए

रावलले भने, ‘यो बजेटले देश र प्रदेशको जीवन रक्षा गर्न सक्दैन । सरकारले नीतिगतभन्दा पनि नेतागत बजेट ल्यायो । ’

उनले सत्ता गठबन्धनले कुनै प्रगति गर्न नसकेको र बजेटले थप निराशा पैदा गरेको जिकिर गरे । भूकम्पपीडितहरूको समस्या सम्बोधन गर्न नसकेको, भूमिहीन, सुकुमबासी गरिब जनताको समस्यामा सम्बोधनमा सरकार मौन रहेको उनले आरोप लगाए । निवर्तमान मुख्यमन्त्रीसमेत रहेका रावलले प्रदेशको समृद्धि र विकासका लागि बजेट बाधक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित