कञ्चनपुर,
जिल्ला स्तरिय विज्ञान तथा गणित प्रर्दशनीमा महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल) प्रथम भएको छ ।
बुधबार भीमदत्त नगरपालिका ६ ऐठपुरमा रहेको शान्ति निकेतन माध्यामिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरिय विज्ञान तथा गणित प्रर्दशनी कार्यक्रममा भीनपा १८ कटानको महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल) प्रथम भएको हो ।
शिक्षा विकास निर्देशनालय दिपायलको आर्थिक सहयोग र समन्वयमा शान्ति निकेतन माध्यामिक विद्यालयले जिल्ला स्तरिय विज्ञान तथा गणित प्रर्दशनी गरेको थियो । द्वितियमा महेश्वर मावि सुकासाल, तृतीयमा ईन्टरनेशल हायर सेकेन्ड्रीस्कुलले स्थान हासिल गरेका छन ।
सान्त्वनामा शान्ति निकेतन मावि, कृष्ण मावि झलारी, सार्क ईन्टरनेशल स्कुलले स्थान हासिल गरेका छन । विज्ञान तथा गणित प्रर्दशनीमा प्रथम, द्वितिय, तृतिय हुने विद्यालयलाई क्रमस १०, ८, ६ हजार सहित सान्त्वनालाई १५सयका दरले नगदका साथै प्रमाण पत्र प्रदान गरिएको छ । प्रर्दशनीमा जिल्लाभरीका १७ विद्यालय सहभागि भएका थिए ।
सिद्दनाथ विज्ञान क्याम्पसका उपप्रध्यापक महादेव अवस्थी, सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक हर्ष बहादुर चन्द निर्णायक थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिक्षा विकास निर्देशनालय दिपायलका शिक्षा निर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालयले पढाईका अतिरिक्त यस्ता शिक्षासंग सम्बन्धीत कार्यक्रम संचालनमा लागि उत्साहित हुनुपर्नेमा जोडदिए । शिक्षा निर्देशक विष्टले शैक्षिक गुणस्तरका लागि विद्यालयलाई आब्हान गरेका छन ।
कार्यक्रममा बिशिष्ठ अतिथि भीमदत्त नगरपालिका ६का वडाध्यक्ष महेन्द्र खडका, उप निर्देशक मदनराज जोशी सहितले सिकाईका लागि अतिरिक्त कार्यक्रम संचालनमा सुझाव दिएका छन ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै शान्ति निकेतन माध्यामिक विद्यालयलका प्रद्यानाध्यापक पुष्पराज ओझाले विद्यार्थीलाई गणित र विज्ञानप्रति रुची जगराउने उदेश्यका साथ कार्यक्तम गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षिका विमला भट्टले गरेकी थिईन । कार्यक्रममा शिक्षा, शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।
Discussion about this post