कैलालीमा साउन १ गतेबाट ट्राफिकको जरीवाना अनलाईन भुक्तानी गर्न सकिने

34
VIEWS

धनगढी/साउन १ गतेबाट कैलाली जिल्लामा ट्राफिक जरीवाना अब अनलाईन मार्फत भुक्तानी गर्ने नियम लागु हुने भएको छ ।

 

ट्राफिक नियम उल्लङघन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक जरीवाना बाफत नगदी रसिद दिएर अनलाईन भुक्तानी हुने भएको हो । कैलालीमा ट्राफिक भ्वाईलेन्ट रेकर्ड सिस्टम (टिभिआरएस) सफ्टवेयर माध्यमबाट जरिवाना बैकिङ्ग प्रणाली मार्फत भुक्तानी लिने जिल्लामा ट्राफिक कार्यालयका प्रमुुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार बैकिङ्ग प्रणाली मार्फत भुक्तानी लिने स्टमका बिषयमा बुधबार धनगढीमा जिल्लाका सबै ट्राफिक कार्यालयका युनिटका प्रमुखहरुलाई तालिम दिएको जनाए । कार्यालय प्रमुख तथा पोष्ट प्रमुख, कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालिम प्राप्त प्रहरी कर्मचारीद्धारा उक्त सफ्टवेयर तथा बैङकिङ प्रणालिको बारेमा तालिम दिईएको थियो ।

साउन १ गते बाट सवारी नियम उल्लङघन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक प्रहरी द्धारा जारी गरेको २४ घण्टे पुर्जी दिईने र ट्राफिक जरीवाना बुझाउदा उक्त २४ घण्टे पुर्जी साथमा लिई नजिकको राष्ट्रिय बाणिज्य बैंक तथा ईसेवा, खल्ती, कनेक्ट आईपएिस, मोवाईल बैकिङ्ग र ट्राफिक प्रहरीको फाईन फेइमेन्टबाट भुक्तानी गर्ने सकिने भएको हो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार