महेन्द्रनगर मावि(साधारण स्कुल)लाई दुतावासबाट विद्यालय बस

53
VIEWS

कञ्चनपुर-कञ्चनपुरको एक सामुदायिक विद्यालयलाई भारतीय दुतावासबाट विद्यालय बस पाईएको छ ।

भारतीय दुतावासबाट भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर मावि(साधारण स्कुल)लाई विद्यालय बस पाईएको हो ।

आइतबार एक कार्यक्रमका विच विद्यालयलाई भारतीय दुतावासले विद्यालय बस हस्तान्तरण गरेको छ । काठमाण्डौँमा भएको बस हस्तान्तरण कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेपालका लागि भारतीय राजुदत नविन श्रीवास्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट र प्रद्यानाध्यापक ललित सिह साउदलाई बस हस्तान्तरण गरेका छन ।

महेन्द्रनगर मावि(साधारण स्कुल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले दुतावासबाट विद्यालयलाई बस प्रदान भएको बताए । ‘हामीले विद्यालयका तर्फबाट दुई बस माग गरेका थियौँ, ‘अध्यक्ष विष्टले भने, ‘पहिलो चरणमा एक बस प्राप्त भएको छ ।’ अध्यक्ष विष्टले विद्यालय व्यवस्थापनको जिम्मेबारी पाएका दिन विद्यार्थीका लागि बस प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

महेन्द्रनगर मावि सधारण स्कुलका प्रअ ललित सिह साउदले सामुदायिक विद्यालयलाई बस प्रदान भएपछि टाढाका विद्यार्थीलाई सहज हुने भएको छ ।

बस हस्तान्तरण कार्यक्रममा विव्यस अध्यक्ष बिरेन्द्रराज विष्ट, प्रअ ललित सिह साउद, पिटिए अध्यक्ष अम्बादत्त जोशी, सदस्य डिल्ली दाहाल, शिक्षिका विजयालक्ष्मी अवस्थी सहितको सहभागिता रहेको थियो ।

सामुदायिक विद्यालयको बृद्धि विकासका लागि दुताबासबाट प्राप्त भएको विद्यालय बस प्रभावकारी रुपमा लक्षित विद्यार्थीलाई विद्यालय ओसार्ने जनाईएको छ । नेपाल भारत सहयोग कार्यक्तम अन्र्तरगत दुताबासले कञ्चनपुरको महेन्द्रनगर मावि छनौट गरेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार