सुदूरपश्चिम सरकारको बजेट मन्त्रीमुखी मात्र : प्रदेश सदस्य वीर बहादुर थापा

पुनर्वास– कञ्चनपुर क्षेत्र नम्बर १ ‘क’ बाट नेकपा एमालेबाट निर्वाचित भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापा “पातल”ले सुदूरपश्चिम सरकारले ल्याएको बजेट मन्त्रीमुखी मात्र भएको आरोप लगाएका छन् ।

 

हिजो सोमवार पुनर्वासमा पत्रकार सम्मेलन गर्दै प्रदेश सदस्य थापाले सो कुरा बताएका हुन । ‘यो बजेट समानुपातिक र समावेशी तवरले आएको छैन् । मन्त्री निकटका जिल्लामा बजेट खन्याइएको छ । उहाँका अनुसार प्रदेश सरकारले आफ्नो क्षेत्रका धेरै योजनाहरू काटिदिएको बताउनुभयो ।

उनका अनुसार यस आर्थिक बर्षको बजेट प्रतिपक्ष दलको अनुपस्थितिमा पारित भइसकेको बताउदै’ थापाले भने,‘यो बजेटमा मेरो क्षेत्रका धेरै योजनाहरू प्रदेश सरकारले समावेश गर्न सकेन । म प्रतिपक्ष दलको भएका कारणले पनि होला,भने जस्तो काम गर्न मिल्ने कुरै भएन । त्यस कारण पनि मैले सदनमा नै बजेटका बारेमा धेरै कुरा राखी पनि सकेको छु ।’

उनले वर्तमान सरकारले ल्याएको बजेटले यस क्षेत्रको समग्र विकास हुन नसक्ने बताउँदै यस पटक सरकारसँग निरन्तरको पहलमा केही पुराना क्रमागत योजनाहरू यस क्षेत्रमा पार्न सफल भएको र नपरेका थुप्रै योजनाका लागि निरन्तर आवाज उठाई रहने बताउनुभयो ।

सरकारले सत्तापक्षकै सांसदहरूले यो बजेटलाई पास गराउँदैनन् की भनेर हतार हतार सांसदको निर्वाचन विकास कोषमा रहेको ३ करोडलाई ५ करोड पु¥याउने आश्वासन पछि सत्तापक्षकै सांसदहरू बजेटको पक्षमा सहमत भएको बताउनुभयो ।

यद्यपि सरकारले दिएको त्यो आश्वासन, आश्वासन मै सीमित रहने उनको भनाई थियो । पेश भएको बजेटमा सांसदको निर्वाचन विकास कोषमा पहिलेकै ३ करोड छुट्टाउने भनेर उल्लेख भएकाले अब त्यो सरकारको आश्वासन पुरा हुने नहुनेमा सत्तापक्षनै अलमलमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित