मिटरब्याजको मुुद्दामा ‘विचौलिया’को भूमिका खेल्ने देउवालाई कञ्चनपुर प्रशासन कार्यालय प्रवेशमा रोक

३ साउन, महेन्द्रनगर । मिटरब्याजको मुद्दामा विचौलियाको भूूमिका खेलेको आरोप लागेका कञ्चनपुरको गुलरियाका तेजबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुर प्रवेशमा रोक लगाएको छ ।

मिटरब्याज पीडितका मुद्दा कर्मचारी र प्रमुख जिल्ला अधिकारीसँग राम्रो सम्बन्ध रहेको बताउदै मिलाइदिने आश्वासन दिदै विचौलियाको भूूमिका खेलेका देउवालाई प्रशासन प्रवेशमा रोक लगाइएको हो ।

सोही कारण मंगलबार बिहान भने उनी प्रशासन प्रवेश गरेका थिएनन् तर दिउँसो ३ बजे मिटरब्याज पीडित सहायता कक्षमा पुगेका उनलाई प्रहरीले तपाई यहाँ नआउनुस् भन्दै फर्काएको थियो । देउवाले स्थानीय प्रशासन शाखाका खरिदार माधव फुलारासँग मिलेर मिटरब्याज पीडितसँग अनुुचित बार्गेनिङ गर्दै विचौलियाको भूूमिका खेल्ने गरेको आरोप लागेको थियो ।

खरिदार फुलाराले पनि देउवासँग मिटरब्याज पीडित र पीडक पक्षबीच सहजीकरणको भूमिका खेलिदिन आग्रह गर्ने गरेका थिए । यो विषयमा प्रेसपत्रले समाचार लेखेपछि विचौलियालाई प्रशासन प्रवेश र मिटरब्याज पीडितसँग कार्यालयभित्र भेट्न रोक लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित