कञ्चनपुर-क्रान्तिकारी कम्युनिष्ट पार्टी दोधाराचाँदनी नगर कमिटिले महान दशबर्षे जनयुद्व लगायत हरेक राष्ट्र मुक्त आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको नामबाट सार्वजनिक स्थलमा सहिद प्रतिक्षालय बनाउन माग अघि सारेको छ ।
बुधबार क्रान्तिकारी कम्युनिष्ट पार्टी दोधारचाँदनी नगरका इन्चार्ज दिपेन्द्र सिह ऐरी सहितले मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाउँदै महान दशबर्षे जनयुद्व लगायत हरेक राष्ट्र मुक्त आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको नामबाट सार्वजनिक स्थलमा सहिद प्रतिक्षालय बनाउन माग अघि सारेको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीले मेयर लिम्बुलाई उक्त एजेण्डा सहित दर्जनौँ विषय अघि सारेर ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीले मेयर लिम्बुलाई बुझाएका माग यस्ता छन ।
भारतिय नाकाबाट आयात तरकारी फलफुल बन्द गरी देशभित्र रहेका किसानहरुले उत्पादन गरेका तरकारी फलफुल को उचित मुल्य सहित बजार व्यवस्थापन गरियो,सम्पुर्ण नागरिकको स्वास्थ्य विमा निशुल्क गराईयोस ,स्वास्थ्य एव शिक्षामा भईरहेको व्यापारिकरण बन्द गर्न नगर सरकार ले पहलकदमि चालोस , जनप्रतिनिधिहरुले संस्थागत बिधालय मा लगानि नगर्न पाउने र लगानि लगाएको पाईएमा तत्काल शिक्षा मा व्यापारिकरण गर्न बाट रोक लगाईयोस , नगर सरकारले आफ्नै लगानीमा सरकारी उधोग खोल्नुपर्ने , नगरपालिका का अधिकांस सिमाहरु भारत संग जोडिएका छन ती ठाउहरुमा भारतिय पक्षले पटकपटक हस्तक्षेप गर्ने जस्ता गितिविधि तिव्र रहेकाले यो समस्या समाधानका लागि तत्काल पहलकदमि गरोस, नगर भित्र निर्माणधिन अवस्थामा रहेका हरेक योजनाहरु अनुगमन गरि तत्कात मापदण्ड अनुसार काम अगाडि बढाउन निर्देशित गरोस, नगरपालिका अन्तर्गत रहेका सशस्त्र प्रहरी र जनताहरु बिच पटकपटक हुने बिवादको वैज्ञानिक कारण पत्ता लगाई उक्त समस्याको समाधानका समस्या समाधान कार्यदल तय गरियोस, लागु औषध नियन्त्रण का लागि नगरपालिका ले जनचेतना मुलक कार्यक्रम तय गरि प्रयोग कर्ता गर्ने र ओसारपसार गर्नेहरु लाई कार्वाहिका लागि पहलकदमी चालोस ।
नगरपालिका भित्र रहेका मिटर व्याजीलाई कानुनको कटघेरामा उभ्यानुका साथै लघुवित्तिय संस्था तत्काल खारेज गर्न माग अघि सारिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी दोधाराचाँदनी नगर कमिटिले बुझाएको ज्ञापन बुझ्दै मेयर किशोर कुमार लिम्बुले कम्युनिष्ट पार्टीले अघि सारेका जायज एजेण्डा अध्ययनगरेर कार्यान्वयन गर्ने आवश्वासन दिएका छन । क्रान्तिकारीले अघि सारेका एजेण्डामा चासो नराखे नगरपालिका बिरुद्धमा शसक्त आन्दोलनको चेतावनी दिएको छ ।
Discussion about this post