बेलडाँडी– बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिलामा रहेको बैजनाथ माध्यमिक विद्यालयमा बन्न लागेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवन निर्माण प्रक्रिया रहस्यमय रहेको खुलासा हुन थालेको छ ।
४ कोठे भवन निर्माणका लागि आव २०७७/७८ मा आएको बजेट सो बर्ष काम गर्न समय अभाव भएको देखाउदै पालिकाको खाताबाट ५० लाख ६३ हजार विद्यालयको खातामा हालिदिएको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक शान्ती नाथले स्वीकार गरिन । उनका अनुसार फ्रिज जानलागेको रकम पालिकाको खाताबाट तानेर विद्यालयको खातामा हालि भवन निर्माणको जिम्मा विद्यालय व्यवस्थापन समितिलाई दिइएको बताए ।
विद्यालयलाई आफ्नो नाममा ३ लाखको चेक काट्न लगाएको समाचार माध्यममा समाचार आएपछि उनले आज एक भिडियो सामाजिक संजालमा हाल्न लगाएर यस्तो कुरा सार्वजनिक गर्न लगाएका छन् । उनले भने ठेकेदावरलाइ विद्यालयले ३६ लाखमा ठेक्का दिएको भन्ने कुरा आफ्नो सुन्नमा आएको भन्दै अनुगमन समितिका संयोजक समेत रहेका नाथले १४ लाख ६३ हजार कहाँ गयो भन्ने संकेत समेत भिडियोमा गरेका छन् ।
उनले भिडियोमा भनेका छन् आफुले बारम्वार भवन निर्माणको अनुगमन गरेको दावी गरेका छन् । तर भवन कतिमा बन्ने हो, के कारण ढिला भयो त्यो भने खुलाउन सकेनन् । उनी अनुगमन समितिकी संयोजक भइसकेपछि अनुगमन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने थियो तर त्यो किन गरिएन ? आफ्नो जिम्मा भवन बनाउने भनेर जिम्मा लिइसकेपछि किन समयमै बनाउन सकेनन् ?
स्थानीयका अनुसार बैजनाथ भवन निर्माण काण्ड रहस्यमय भएको बताउछन् । त्यो लुकाइएको १४ लाख ६३ हजार र उपाध्यक्ष नाथले लिएको ३ लाखको के गर्ने त्यसको जिम्मेवार को हुने ? यसरी समाज र विद्यालयको भलाइका लागि भनेर फ्रिज जाने रकम रोक्न मिल्छ र ? के फ्रिज जाने रकम पाकिस्तान या अफगानिस्तान जाने थियो लुकाएर राख्न ? स्थानीय भन्छन् यसमा अख्तियारको ध्यान जान जरुरी रहेको बताछन् ।
भिडियो सहित...
Discussion about this post