तस्करीले कञ्चनपुरमा भन्सार राजस्वले लक्ष्य भेटाएन्

धनसिह धामी/कञ्चनपुर-कञ्चनपुरमा भन्सार राजस्व लक्ष्य भन्दा कम संकलन भएको छ । गत आर्थिक बर्ष ०७९/०८० मा पनि लक्ष्य भन्दा कम भन्सार संकलन भएको हो । भन्सार कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार पछिल्ला पाँच बर्ष लगातार लक्ष्य भन्दा कम भन्सार राजस्व संकलन भएको छ ।

आर्थिक बर्ष ०७७/०७८ मा मात्रै लक्ष्य भन्दा बढि भन्सार राजस्व संकलन भएको छ, त्यो पनि अधिल्लो बर्षको तुलनामा लक्ष्य घटाएर प्रगति भएको पाईन्छ । आर्थिक बर्ष ०७९/०८० मा ५८ करोड ९६ लाख, ४८ हजार, लक्ष्य मध्ये ४२ करोड, ९ लाख, ९९ हजार रुपैया संकलन भएको छ ।

लक्ष्य भन्दा १६ करोड, ८६ लाख, ४९ हजार रुपैया भन्सार राजस्व कम संकलन भएको छ । गत बर्ष ७१ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । अन्य आर्थिक बर्ष जस्तै गत बर्षमा समेत भन्सार राजस्व लक्ष्य अनुरुप संकलन हुन नसेको छैन ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार पछिल्ला पाँच बर्ष यता भन्सार राजस्व क्रमिक रुपमा बृद्धि हुदै गएको छ, तर पाँच बर्षमा एक बर्षमा मात्रै लक्ष्य अनुरुप राजस्व संकलन भएको छ । आर्थिक बर्ष ०७५/०७६ मा ४० करोड, १२ लाख ८४ हजार लक्ष्यमा ३६ करोड, ६७ लाख, ८८ हजार, ०७६/०७७ मा ४८ करोड, ६८ लाख, ७५ हजार लक्ष्यमा २६ करोड, २८ लाख, ९३ हजार भन्सार राजस्व संकलन भएको छ ।

उक्त आर्थिक बर्षमा ५४ प्रतिशत मात्रै भन्सार राजस्व संकलन भएपछि भन्सार विभागको अर्को आर्थिक बर्षमा लक्ष्य नै घटाएको थियो ।

कोरोना महामारीको शुरुवाती आर्थिक बर्ष ०७६/०७७ मा लक्ष्य भन्दा झण्डै आधा मात्रै भन्सार संकलन भएपछि भन्सार विभागले आर्थिक बर्ष ०७७/०७८ मा लक्ष्य घटाएको थियो । उक्त आर्थिक बर्षमा ३५ करोड, ६७ लाख, ८८ हजार भन्सार राजस्व लक्ष्य मध्ये बढि ३७ करोड, ३९ लाख, २३ हजार भन्सार राजस्व संकलन भएको थियोे । उक्त आर्थिक बर्षमा १०५ प्रतिशत भन्सार राजस्व संकलन भएको थियो ।

लक्ष्य घटाएको दोस्रो बर्ष ०७८/०७९मा पनि भन्सार लक्ष्य अनुरुप राजस्व संकलन हुन सकेन । उक्त आर्थिक बर्ष ५२ करोड, ७७ लाख, ६ हजार भन्सार लक्ष्य मध्ये ४६ करोड, २२ लाख, ४३ हजार भन्सार राजस्व संकलन भएको छ । उक्त पाँच बर्षको बार्षिक अनुपात तुलनात्मक रुपमा भन्सार राजस्व बृद्धि हुँदै गएको छ ।

व्यवसायीले खुला नाका भएकाले चोरी तस्करी गरेर समान भित्र्राउने, ल्याएको समान अनुरुप भन्सार नकाट्ने, भन्सारदेखि सीमा क्षेत्रमा खटिने प्रहरीको मिलोमतो, सेटिङ्ग विवित कारणले भन्सार राजस्व लक्ष्य अनुरुप संकलन हुन नसकेको अधिकारीहरुको भनाई छ ।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख धुव्र बहादुर विश्वकर्माले सीमावर्ती जिल्ला भएर चोरी तस्करीदेखि बजारमा माग अनुरुप समानकोआपूर्ति नहुँदा भन्सार राजस्व संकलन हुन नसकेको बताए ।

‘कोरोना महामारीपछि अत्यावश्यक समान बाहेक अन्य विलासिशताका बस्तुसेवाको बजारमा माग नै छैन, ‘उनले भने, ‘बजारमा माग नै नभएपछि बाह्य क्षेत्रबाट समान आयात घट्दै छ ।’ भन्सार प्रमुख विश्वकर्माले कञ्चनपुर भन्सार आयातमुखी भएकाले समेत राजस्व संकलन लक्ष्य अनुरुप नभएको बताए ।

उक्त नाकाबाट भारतमा हस्तकलाका बस्तु निर्यात हुने र भारतबाट कपडा, औद्योगिक मेसिनरी, हार्डवेयर, कृषि उपकरण, फलफुल, तरकारी, पेपर, किराना लगायतको समान भारतबाट आउने गरेको छन । भन्सार कार्यालयले झण्डै ४ सय सवारी साधनको समेत लिलामगर्ने तयारी गरेको छ ।

गैर कानुनी रुपमा चोरी तस्करीमा बरामद भएका दुई पाङग्रे सवारी साधन लिलामको तयारी रहेको भन्सार प्रमुख विश्वकर्माले बताए । प्रमुख भन्सार अधिकृत विश्वकर्माले गत पुषदेखि कञ्चनपुर भन्सार प्रमुखको जिम्मेबारी सम्हालेपछि राजस्व समेत महिनावारी रुपमा बृद्धि भएको छ । हरेक बर्ष भन्सार लक्ष्य अनुरुप संकलन नभएपछि भन्सार विभागले राजस्व बृद्धिका योजना ल्याउनुपर्ने जानकारहरुको भनाई छ ।

 

स्थानीयले सरोकारवाला पक्ष निकायले सीमावर्ती क्षेत्रमा तस्करबाट अनुचित लाभ नलिदा समेत भन्सार राजस्व बृद्धि हुने बताएका छन । तस्कर समुहको चुङ्गोलमा रहेको कञ्चनपुर भन्सार राजस्व बृद्धिका लागि सरोकारवाला पक्ष समेत जिम्मेबार हुनुपर्ने नागरिकको सुझाव छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सुनकै हात्ती छिराएजस्तै कञ्चनपुरमा समेत तस्कर समुहका समान छिराउन मतियारको भूमिका खेल्न सरोकारवाला नै उद्यत भएकाले भन्सार राजस्व चुहावट हुँदै आएको स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित