धनगढीः कैलालीको गोदावरी नगरपालिका– २ अत्तरियाको रिङ्गरोडबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आसंकामा ३ महिला पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले रिङ्गरोडमा रहेको पुजा होटलबाट ३ महिलालाई पक्राउ गरेको हो। मंगलवार साँझ सादा पोषाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिकाले नै कुरा मिलाइदिने बताएपछि खानतलासी गर्दा अनैतिक क्रियाकलापका लागि होटलमा राखेका २ महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
Discussion about this post