बरिष्ठ उद्योगपति अाेम प्रकाश अग्रवालद्धारा एसओएसमा १० लाखको एसी सहयोग

5
VIEWS

कैलाली:

 

धनगढीको गेटास्थित एसओएस बालग्राममा एक महिनाअघि आयोजित ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा प्रमुख अतिथि थिए, सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री । र, अतिथि थिए, बरिष्ठ उद्योगपति ओम प्रकाश अग्रवाल ।

 

स्वास्थ्यले साथ दिएसम्म एसओएस बालग्रामका हरेक कार्यक्रममा सहभागी हुदै आएका अग्रवाल त्यस कार्यक्रममा पनि समयमै पुगेका थिए । भव्य रुपमा मनाईएको बार्षिकोत्सव समारोहमा अग्रवालले एउटा कुराको भने त्यहाँ कमि महशुस गरेका थिए ।

 

सभा हलमा एसी लागेकाे थिएन । उनले समारोहको समापनपछि एसओएसका योजना निर्देशक पदम हमालसंग जिज्ञासा राख्दै भनेल–हलमा किन एसी छैन । हमालले जवाफ दिए–आर्थिक अभावका कारण एसी राख्न सकेका छैनौ । अग्रवालको जिज्ञासा त्यतिमै शान्त भएन, उनले फेरि सोधे–कति वटा एसी भए पुग्छ ? हमालले भने,–प्राबिधिकसंग सल्लाह गरेर भन्न सक्छु । अग्रवालले भनेफ त्यसो भए प्राबिधिकसंग सल्लाह गरेर भन्नुहोला । आवश्यक परेजति एसीको खर्च म व्यहोर्नेछु ।

 

प्राबिधिकको सल्लाहपछि केही दिनअघि हमालले अग्रवाललाई सभा हलमा ६ वटा एसी लाग्ने जानकारी गराय । अग्रवालले तत्काल एसी अर्डर गरे । र, बिलम्ब नगरी बिहीवार १० लाख रुपैया बराबरका ६ वटा एसी एसओएसमा पठाए । एसओएसका योजना निर्देशक हमालले बरिष्ठ उद्योगपति अग्रवालले बिगतमा समेत पटक पटक सहयोग गरेको र यस पटक ६ वटा एसी सहयोग स्वरुप प्रदान गरेको बताए ।

 

हमालले एसओएसमा निरन्तर रुपमा सहयोग गर्दै आएका अग्रवाल प्रति आभार व्यक्त गरे । बरिष्ठ उद्योगपति अग्रवालले यसअघि पनि थुप्रै सामाजिक कार्यमा सहयोग गरेका हुन ।

 

केही समय अघि रोटरी क्लव अफ धनगढीद्धारा कैलालीको गोदावरीमा निर्मित खानेपानी आयोजनाका लागि १० लाख रुपैया सहयोग गरेकोमा अग्रवाललाई सम्मान पनि गरिएको थियो । अग्रवालले खानेपानी आयोजनाका लागि आवश्यक पर्ने जनरेटर खरीदमा समेत सहयोग गर्ने बचन दिएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार