मर्निङ ग्लोरीको विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाश भट्ट/कञ्चनपुर – मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार महेन्द्रनगर स्थित होटल ओपरामा आयोजित एक कार्यक्रमका बीच कक्षा ११ का विद्यार्थीहरुलाई लक्षित गरी अभिमुखिकरणका साथै परामर्श कार्यक्रम सम्पन्न भएको हो ।

 

विद्यालयका सल्लाहकार समिति संयोजक भोजराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ११ मा भर्ना भएका २५० भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।

 

विद्यालयका सञ्चालक समिति सदस्य ख्याम प्रसाद रेग्मीले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै मर्निङ गलोरले गुणस्तरीय शिक्षा दिन कुनै कसर नराख्ने प्रतिवद्धता व्यक्त गरे । साथै, आफूलाई रुचि लागेको विषयहरु छनोट गरी दृढ विश्वासका साथ अध्ययन गर्न उनको सुझाव थियो ।

 

‘तपाईंहरु आफू के’मा सक्षम छु, के पढ्दा सफल भइन्छ र आफूले पढेको विषयले कुन क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्नेमा स्पष्ट हुनुहोस्।’

 

त्यसैगरी, स्कुलका प्रिन्सिपल बलदेव भट्टले मर्निङ ग्लोरीमा कक्षा ११ मा भर्ना हुनु भएका विद्यार्थीलाई यो दुई वर्षको अध्ययन सम्झनलायक हुने बताए । ‘हामी भन्नेमात्र होइन गरेरै देखाउँछौं जुन कुरा हामीले हरेक वर्ष प्राप्त गरेको नतिजाले पनि पुष्टि गर्छ,’ भट्ट विद्यार्थीहरुलाई भन्दै थिए, ‘शान्त तथा अनुशासित वातावरणमा अध्यापन गराउने मर्निङ ग्लोरीमा २ वर्षको सिकाइले पक्कै पनि तपाईंहरुको उज्वल भविष्यको ढोका खोल्नेछ ।’

 

कार्यक्रमका सभापति तथा सल्लाहकार समिति संयोजक भोजराज भट्टले विद्यार्थीहरुले जुन विश्वास गरेर मर्निङ ग्लोरी रोजेका छन् त्यो विश्वासलाई कहिल्यै डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले यो कार्यक्रम नव आगन्तुक विद्यार्थीहरुमा उत्प्रेरणा भर्ने उद्धेश्यले गरेका हौं,’ उनले भने, ‘कलेजले दिने शिक्षा, यहाँका अतिरिक्त क्रियाकलाप, कक्षागत क्रियाकलापले विद्यार्थीहरुको सोचाईलाई फराकिलो बनाउँदै लैजानेछ ।’

 

साथै, विद्यालयले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गरी दक्ष जनशक्तिको रुपमा विकासमा जोड दिने उनले बताए ।

कार्यक्रममा प्रेरक वक्ता शंकर पुजराले विद्यार्थीहरुमा जिवनोपयोगी ज्ञान प्रस्तुत गरेका थिए । विश्वका विभिन्न सफल व्यक्तिका सफलताका कथा सुनाउँदै उनले विद्यार्थीहरुमा उत्प्रेरणा भरेका थिए ।

 

यसैगरी, कार्यक्रममा मर्निङ ग्लोरीमा इन्ट्रान्स परीक्षामा उत्कृष्ट नम्बर ल्याएका विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा कक्षा ११ मा भर्ना भएका दिपेश कलौनी, माइकल सिंह धामी, क्रिस जोशी र निशा उपाध्यायले मर्निङ ग्लोरी रोज्नुको औचित्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई विद्यालयका शिक्षक पृथ्वी राज भट्टले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित