वाणिज्य संघद्वारा लेखा व्यवस्थापन तालिम

38
VIEWS

कञ्चनपुर, साउन १३-कञ्चनपुर उद्योग वाणिज्य संघले लेखा व्यवस्थापन तालिम आयोजना गरेको छ ।
शनिबार उद्योवग वाणिज्य संघले लेखा व्यवस्थापन तालिम आयोजना गरेको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्टले उद्योग व्यवसायीलाई लेखा व्यवस्थापन तालिम दिईएको बताए ।

कार्यकारी अधिकृत भट्टले लेखा परीक्षणका लागि गर्नुपर्ने तयारीदेखि दैनिक व्यवसायिक कामका लागि लेखा बारे ज्ञान व्यवस्थापनका लागि तालिम आयोजना गरिएको बताए ।
संघका कोषाध्यक्ष चेतराज जोशीले प्रशिक्षण दिएका थिए ।

कोषाध्यक्ष जोशीले लेखा परीक्षण अघि गर्नुपर्ने कामकाज,आय, भ्याटविवरण, अन्तशुल्क,लेखा सम्बधी सप्टवेयर सहितका विवित पक्षमा प्रशिक्षण दिएका थिए ।

वाणिज्य संघका प्रथम उपाध्यक्ष सुरेन्द्र गुरुङ्गको प्रमुख आथित्यमा भएको कार्यक्रममा १५ व्यवसायीलाई तालिम प्रदान गरिएको हो । तालिम पाएका व्यवसायीले लाभदायक तालिम भएको बताएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार