कृष्णपुरको भाइरल कल्भर्टबारे एमालेका नगर अध्यक्ष ऐरीले ल्याए तथ्य सहित प्रमाण

कृष्णपुर -केहि दिन देखि सामाजिक संजालमा आरोपप्रत्यारोप लगाउदै भाइरल बन्दै गरेको कल्भर्टबारे नेकपा एमाले नगर कमिटी अध्यक्ष गणेश सिंह ऐरीले तथ्य सहित प्रमाण सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

 

मेयर हेमराज ओझाले राजनितिक पुर्वाग्रह राख्दै गत सरकारको पालामा बनेको योजनालाई जनमूखी बनाउदै पुर्णता दिने ठाउँमा अनावश्यक कुप्रचार गर्न लगाएको प्रति नगर अध्यक्ष ऐरीले तथ्य सहित प्रमाण पेश गरेका छन् ।

 

उहाँले आफ्नो फेसबुकमा यस्तो तथ्य सार्वजनिक गरेका छन्- कृष्णपुर नगरपालिका–४ मा बनेको कल्भर्टसँग जोडेर  (एमाले)लाई बदनाम गर्ने गरी केही प्रायोजित सञ्चारमाध्यमले भ्रम फैलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । प्रायोजित भ्रम चिर्न यहाँ प्रमाणसहित स्पष्ट पारिएको छ –

१. सडकको पहुँचबाट टाढा रहेका बस्तीका वासिन्दाको सहज आवागमनका लागि पुल र बाटो पु¥याउनुपर्नेमा नेकपा एमाले स्पष्ट छ । त्यो पुल बन्नु नै पर्ने हो, बनेको छ तर पुललाई जोड्ने सडक नबनाउनु स्थानीय सरकारको कमजोरी, ढिलासुस्ती र लापरवाही हो । पहुँचबाट टाढा रहेका गाउँलेका लागि कल्भर्ट र सडक बनाउनु नै पर्छ ।

२. त्यो कल्भर्ट कसको पालामा बन्यो भन्ने सन्दर्भमा कृष्णपुर नगरपालिका–४ का तत्कालीन वडाध्यक्ष तेजबहादुर रावल (नेपाली कांग्रेस) ले मिति २०७८÷०९÷१९ गते योजना सम्झौताका लागि नगरपालिकामा सिफारिस पठाएका छन्, त्यो पत्र यहाँ संलग्न छ ।

३. सम्झौता पुराना जनप्रतिनिधिको पालामा भए पनि रकम भुक्तानी नयाँ जनप्रतिनिधि आएपछि भएको छ । २०७९/०३/१२ गते नगरपालिकामा पत्र पठाउँदै बहालवाला वडाध्यक्ष धर्मबहादुर सिंह (माओवादी केन्द्र) ले “काम सन्तोषजनक तरिकाले सम्पन्न भएको” भनेर योजना फरफारक र भुक्तानीका लागि सिफारिस पठाएका छन् । यदि योजना गलत रहेको, काम ठीक नभएको अवस्थामा अनुगमन गरेर भुक्तानी रोक्ने अधिकार नयाँ मेयर, उपमेयर, वडाध्यक्षलाई थियो । भुक्तानीअघि योजनाको अनुगमन गर्ने जिम्मेवारी पनि नयाँ उपमेयरमा नै रहन्छ । योजना सम्पन्न भएको भनेर आफू भुक्तानी दिने, अनि एमालेलाई बदनाम गर्न खोज्ने ?

४. कृष्णपुर नगरपालिकामा नयाँ जनप्रतिनिधिले गैरकानूनी काम गरिरहेको बेला एमाले खबरदारीमा उत्रिएको छ, त्यसको प्रतिक्रियास्वरूप पुराना फाइल खोलिदिन्छौ भन्ने खालका चेतावनीयुक्त कुरा आइरहेका छन्, यत्ति नै बेला त्यो पुल प्रचारमा ल्याइनु एमालेलाई बदनाम गर्ने षड्यन्त्र रहेको हाम्रो ठहर छ । कांग्रेसका वडाध्यक्षले योजना सिफारिस गर्ने, माओवादीका अध्यक्षले भुक्तानीका लागि सिफारिस गर्ने, कांग्रेसका उपमेयरले अनुगमन सदर गर्ने र कांग्रेसकै मेयर रहेका बेला भुक्तानी हुने अनि दोष एमालेले पाउनुपर्ने अचम्मको फाइल खोलिएछ !

५. नगरपालिकामा सुशासन र विकासको प्रत्याभूति गराउनुपर्नेमा दूषित राजनीतिक अभ्यासमा समय खेर नफाल्न जनप्रतिनिधिहरूलाई हामी आग्रह गर्दछौं । त्यो भाइरल कल्भर्ट बन्नु राम्रै भयो, अब त्यहाँ सडक पनि विस्तार गरेर जनतालाई सुविधा दिन पनि आग्रह गर्दछौं । जनताको सुविधाका लागि बनेको पुलमा राजनीति गर्न खोज्ने तर आफू सिन्को नभाँच्ने प्रवृत्तिले आफैं नाङ्गिनेबाहेक कुनै उपलब्धी हात लाग्दैन ।

यो पनि हेर्नुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित