कैलाली:
धनगढी जेसीज सप्ताह २०२३ भोलिदेखि सुरु हुने भएको छ । ुदिगो विकाश लक्ष्य प्राप्तिमा युवाको साथ हरित विश्व निर्माणमा सिप विकासु भन्ने मुुल नारालाई सफल बनाउन सुदूरपश्चिम यूवा परिषद्को सहकार्यमा सप्ताह सुरु हुन लागेको मुुल संयोजक जेसी जनार्दन बम्मले बताएका छन् ।
भोलि साउन २० गतेदेखि साउन २७ गते सम्म सप्ताह व्यापी जेसीज सप्ताह २०२३ विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइँदै छ ।
सप्ताहको पहिलो दिन अर्थात् भोलि फुटसल प्रतियोगिता धनगढीको फ्याटल्याण्डमा विहान ८ बजेदेखि, निःशुल्क दन्त शिविर २१ गते, भैरव बाबा आधारभूत विद्यालय मटियारी बिहान ११ बजे, लागुुऔषध सम्बन्धी जन चेतना धनगढीको पार्क मोड हुँदै ओम प्यालेस सम्म बिहान ८ः३० बाट र्याली, २३ गते वक्तृत्वकला प्रतियोगिता, सुदूर पश्चिमाञ्चल एकेडेमीको सभा हलमा बिहान ९ बजेदेखि सुरु गरिने आयोजकले जानकारी गराएका छन् ।
त्यस्तै २४ गते प्रकरण गोष्ठी सुदूर पश्चिमाञ्चल एकेडेमीको सभा हलमा बिहान ९ः३० बजेदेखि, २५ गते कैलाली बहुमुखी क्याम्पसमा बिहान ८ बजे वृक्षारोपण कार्यक्रम गरिने छ ।
भने जेसीज सप्ताहको समापन तथा पुरस्कार वितरण समारोह साउन २७ गते दिउँसो ३ बजे ओम प्यालेसमा गरिने कार्यक्रमका मूल संयोजक बम्मले जानकारी दिएका छन् ।



















Discussion about this post