बझाङको बुंगल नगरपालिकाका आइटी र स्थानीय बिच कुटाकुट

52
VIEWS

बझाङ– सामाजिक सञ्जाल फेसबुकमा आफुविरूद्ध भिडिओ राखेको भन्दै बझाङका स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट भएको छ ।

बझाङको बुंगल नगरपालिकाको आइटी शाखा प्रमुख रमेश कार्कीले सोही नगरपालिकाका स्थानीय जोशीमाथि कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ।

जोशीले बुधबार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि आफूमाथि हातपात भएको बताउनुभयो।

‘ १७ गतेको कार्यालयमा एक जना कर्मचारी नभेटेको भिडिओ बनाएर फेसबकुमा राखें, १८ गते आइटी सरले एक्कासि गालीगलौज गरेर ममाथि हातपात गरेको हो, बीच बजारमै मान्छेको अगाडि चरित्र हत्या गर्नेगरी कुटपिट गरेको हो,’ उहाँले भननुभयो।

उहाले हातपात गर्ने आइटी अफिसरमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको बताउनुभयो।

हातपात गर्ने सूचना अधिकृत कार्कीले भने आफूमाथि जोशीले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाएका कारण विवाद भएको र त्यसपछि हातपात भएको बताएका छन्।

‘नक्कली शैक्षिक प्रमाणपत्र भनेर दैनिक टर्चर गर्ने, फेसबुकमा लेख्ने गरेको र यस्तो किन गर्छस् भनेर कि त मेरो शैक्षिक प्रमाणपत्र छानबिनका लागि पठाऊ, कि मेरो बेइज्जत नगरभन्दा विवाद भयो, हात हालाहाल भएको हो, घटना हुनुमा मुख्य कारण यही हो,’ कार्कीले भन्नुभयो।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बुझ्ने काम भइरहेको बताउनुभयो।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार