बेलडाँडी,
कञ्चनपुरका युवाद्धारा कैलालीको गोदावरी डाँडाँमा आधुनिक पिङ संञ्चालनमा ल्याएका छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि पिङ संचालनमा ल्याएको पिङ संचालक पुस्कर जोशीले जानकारी दिनु भयो । उहाँका अनुसार कमेडियन हिक्मत महरा र आफनो साझेदारीमा असाढ १४ गते देखि पिङ संचालनमा ल्याएको जनाए ।

दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएका बेला यी कञ्चनपुरका युवाहरुले समय संगै पिङ समेत आधुनिक संचालनमा ल्याएका हुन । “वर्षमा एक दिन धर्ती छाड्नुपर्छ” भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन विगतमा थियो । हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गर्दा यी कञ्चनपुरे युवाले यसको आधुनिक प्रणालीद्धारा संरक्षण गर्ने अभ्यास समेत गरेका हुन ।
खास गरी यस क्षेत्रका आन्तरिक पर्यटकको आवश्यकतालाई मध्यनजर गर्दै मान्छेका मनोरञ्जनका असिमित चाहनालाई केहि हतसम्म पुरा गर्नका लागि उक्त कार्य गरिएको हो । पिङ अवलोकनका लागि जाँदा यस क्षेत्रका होटेल, अटो, रिक्सा लगायकाहरुको निकै आम्दानीसमेत बढेको छ ।
आधुनिक पिङ खेलेर रमाउन जाने आन्तरिक पर्यटकहरुका कारण यस क्षेत्रलाई नै फाइदा भएको छ । आधुनिक पिङ खेल्न र अवलोकनका लागि दैनिक सयौं आन्तरिक पर्यटक आउने गरेको सञ्चालक जोशीले जानकारी दिए ।
“लामो समयदेखि हामीले यस क्षेत्रमा जीपलाइन सञ्चालनका लागि समेत अध्ययन गरिरहेका छौं, उक्त कार्य समेत छिट्टै सञ्चालनमा ल्याएर पर्यटन प्रवद्र्धन टेवा पुर्याउने आफ्नो टिमको उदेश्य रहेको जनाए ।, उनले भने, “अहिलेसम्म यस क्षेत्रमा हाम्रो २० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । अझै थुप्रै काम गर्न बाँकी छ । पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न सके यस क्षेत्रलाई पर्यटन क्षेत्रको हबका रूपमा विकास गर्न सकिन्छ ।” हामीले आधुनिक पिङ संचालनमा ल्यायौं अरुले राम्रो होटेल, रिर्सोट संचालन गरे यस क्षेत्रको विकास हुने छ ।
गोदावरी क्षेत्रका होटल व्यवसायीहरुका अनुसार यो आधुनिक पिङका कारण हामीहरुको व्यापारमा बृद्धि भएको छ, स्थानिय सरकारले यस्ता पर्यटकीय क्षेत्रको संरक्षणमा ध्यान दिए सबैको भलो हुने जनाए ।
गोदावरी पुलदेखि जण्डै २ किलोमिटर माथी संचालनमा आएको गोदावरी आधुनिक पुलले दैनिकी २० देखि २५ हजार आम्दानी गर्नुका साथै ५,७ जनाले रोजगार समेत पाएका छन् ।
जोशी भन्नु हुन्छ हामीहरुले गोदावरी नगरपालिका संग समन्वय गरेर अघि बढ्ने प्रयास जारी राखेको जनाउदै स्थानीय सरकारको सहयोग रहयो भने अझै धेरै कुरा यहाँ गर्न सकिने जनाए ।

Discussion about this post