शीर्ष नेताको बैठक बिना सहमति सकियो, साढे ३ बजे पुनः छलफल

काठमाडौँ :

सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । दिउँसो १२ बजेदेखि सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः साढे तीन बजे अर्को बैठक बसेर सहमति जुटाउने कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन ।

लेखकका अनुसार साढे ३ बजे बानेश्वरमा बस्ने बैठकमा सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी रहेको छ ।

आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले पुनः अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित