सशस्त्र प्रहरीद्वारा विपद्मा फसेका मानिसको उद्दार

52
VIEWS

कञ्चनपुर, २३ साउन । नदी र खोलामा फसेका कञ्चनपुरका ३ महिला सहित चार जनाको सशस्त्र प्रहरीले बलले उद्दार गरेको छ । नदी र खोलामा पानीको सतह बृद्धि भएपछि जोखिममा परेका चार मानिसको सशस्त्र प्रहरीले उद्दार गरेको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणले शुक्लाफाँटा र कृष्णपुरका महिलाको उद्दार गरेको छ । गयराती स्याली नदीमा फसेका शुक्लाफाँटा नगरपालिका ७ की ४० बर्षिया निर्मला भण्डारी र ३५ बर्षकी गोमती साउद, ओदाल खोलाले कृष्णपुर नगरपालिका १ पहरिया बस्ने ३३ बर्षिया तारा भुल र २४ की सिता भुलको उद्दार गरेको हो ।

घाँस काट्न गएका भण्डारी, साउद घर फर्किने क्रममा स्याली नदीको बहाव बढेपछि विपद्मा परेका उनीहरुको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरका गणपति प्रेम बहादुर रावल नेतृत्वको टोलीले उद्दार गरेको छ । खेतबारीबाट काम गरेर घर फर्किने क्रममा ओदाल खोलामा फसेका भुल दाम्पती तारा, सिताको सशस्त्र प्रहरी नायब निरीक्षक कमल प्रशाद जोशीको टोलीले उद्दार गरेको छ ।

स्याली नदी र ओदाल खोलाको फसेका चारै जनाले सशस्त्र प्रहरीले उद्दार गरेपछि उनीहरुको ज्यान जोखिमबाट बाँचेको स्थानीयले बताएका छन । समयमै सशस्त्र प्रहरीको सिपालु टोली आएर उद्दार गरेपछि आफुहरुले दोस्रो जिवन पाएको उनीहरुको भनाई छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार