लुकेका प्रतिभालाई उजागर गर्न बेलडाँडी सुपर डान्सर प्रतियोगिता आयोजना गरिदै

बेलडाँडी । युवाहरूमा लुकेका प्रतिभालाई उजागर गर्न बेलडाँडी सुपर डान्सर प्रतियोगिता आयोजना गरिने भईको छ ।

 

न्यु आराधना कला मन्दिरको आयोजनमा भाद्र ९ गते देखि २३ गते सम्म प्रतियोगिता संचालनमा रहने कार्यक्रम संचालक आरके कमल टमाटाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार मेरो पुस्ताका युवाहरू अनि मेरा भाइ-बहिनीका उमेरका समेत दुर्व्यसन लतमा फस्दै गरेको अवस्थालाई समेत ध्यान दिदै यस्तो प्रतियोगिताले लाषुअाैषध न्युनिकरणमा टेवा पुग्नुका साथै आफू भित्र लुकेर रहेको प्रतिभाले स्थान पाउने बताए ।

कार्यक्रममा बेलडाँडी गाउँपालिकाका ५ वडा र बेलाैरी नगरपालिकाका ३ वटा वडाले मात्र सहभागी हुन पाउनेछन । जसमध्ये बेलाैरीका वडा नं. ८,९ र १० काले मात्र कार्यक्रममा सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगितामा नाम दर्ता गरे वाफत रू १ सय लाग्ने छ भने पुरस्कारको समेत व्यवस्थापन गरिएको छ । प्रथम हुनेलाई २५ हजार दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

कार्यक्रम हुने तालिका यस्तो रहेको छ-

१) बेलोरी ८, ९ र १० वडाका लागि
स्थान :- जनज्योति मा. बि. कलकत्ता
समय बिहान ८ बजे देखि साझ ५ बजे सम्म

२) बेलडाँडी वडा नं १ मा मिति २०८०/५/१६ गते
स्थान:- नबज्योति पब्लिक स्कूल बेलडाँडी
समय :- बिहान ८ बजे देखि साझा ५ बजे सम्म
३) बेलडाँडी वडा नं २ मा मिति २०८०/५/२० गते
स्थान:- रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी
समय :- बिहान ८ बजे देखि साझा ६ बजे सम्म
४) बेलडाँडी वडा नं ३ मा मिति २०८०/५/२० गते
स्थान:- शिद्धनाथ मा,वि खैरिघाट
समय :- बिहान ८ बजे देखि साझा ५ बजे सम्म
५) बेलडाँडी वडा नं ४:- मिति २०८०/५/२३ गते
स्थान:- सरस्वती मा,वि बैबाहा
समय :- बिहान ८ बजे देखि साझ ५ बजे सम्म
६) बेलडाँडी वडा नं ५ मा मिति २०८०/५/२३ गते
स्थान:- बैजनाथ मा,वि झिलमिला
समय बिहान ८ बजे देखि साझ ५ बजे सम्म
थप जानकारीका लागि mobile no. 9804606661
Facebook page:- beldandi super dancer
YouTube channel:- beldandi super dancer

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित