निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष भट्टले भने, ‘आन्दोलन रहर नभई बाध्यताले हो’

24
VIEWS

कञ्चनपुर, २४ साउन । नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय आन्दोलनमा कञ्चनपुर निर्माण व्यवसायी संघले समेत दरो साथ दिएको छ ।

काम गरेर भुक्तानी नपाएपछि देशैभरीका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन । गत विगतका विभिन्न आर्थिक बर्षमा काम गरेर पालिका, प्रदेश र संघीय सरकारका विभिन्न कार्यालयबाट भुक्तानी नपाएपछि निर्माण व्यवसायीले संघीय राजधानी केन्द्रीत आन्दोलन गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको नेतृत्व गरेको छ, उक्त आन्दोलन सुदूरपश्चिम प्रदेश कञ्चनपुर निर्माण व्यवसायी संघले समेत दरो साथ दिएको हो । कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरन्जन प्रशाद भट्ट नेतृत्वमा कञ्चनपुरका निर्माण व्यवसायी समेत आन्दोलनमा सरिक भएका छन ।

अध्यक्ष भट्ट सहित निर्वतमान अध्यक्ष प्रेम प्रकास भट्ट, उपाध्यक्ष देव ब. चन्द, सह कोषाध्यक्ष यराज बैज, सल्लाहकार धर्मानन्द भट्ट लगायतका कार्य समितिका पदाधिकारी सहितको सहभागिता रहेको छ ।

काठमाण्डौँमा निर्माण व्यवसायीको आन्दोलनलाई सम्बोधन गर्दै कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरन्जन प्रशाद भट्टले सरकारले ल्याएको ऐन निर्माण व्यवसायीमाथि कुठाराघात भएको बताए । उनले उक्त ऐन भत्र्सनायोग्य भएको बताए ।

अध्यक्ष भट्टले आफुहरु रहरले नभई बाध्यताले आन्दोलनमा उत्रिएको बताए । ‘हामीले रातदिन विकास निर्माण ग¥यौँ, ‘उनले भने, ‘सरकारले हामीमाथि उल्टै ऐन ल्याएर कुठाराघात गरेको छ, फिर्ता लिनुपर्छ ।’

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार