कञ्चनपुर निजी विद्यालयका संचालक भन्छन, ‘शिक्षा विधेयक पारित भए आत्मदाह गछौँ’

धनसिह धामी/कञ्चनपुर, २४ साउन । विद्यालय शिक्षा ऐन ०८०को मस्यौदा बिरुद्धमा कञ्चनपुरका निजी विद्यालयका संचालक आन्दोलित भएका छन । संघीय सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनको मस्यौदा निजी विद्यालय हित विपरित भएको भन्दै आन्दोलित भएका हुन ।

निजी विद्यालयका छाता संगठन एनप्याब्सन, प्याब्सन र हिसान आन्दोलित भएका छन । एनप्याब्सन, प्याब्सन र हिसानले कञ्चनपुरमा संयुक्त विभिन्न शिक्षासंग सम्बन्धीत सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएको छ । एन प्याब्सन कञ्चनपुरका सचिव बलदेव भट्टले केन्द्रीय कार्यक्रम बुधबार कञ्चनपुरका ११ सरकारी निकायलाई ज्ञापन पत्र बुझाएको बताए ।

एन प्याब्सन जिल्ला सचिव भट्टका अनुसार जिल्ला प्रशासन, कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई सहितका जिल्लाका ९वटै स्थानीय तहलाई ज्ञापन पत्र बुझाईको छ ।
प्रंस्तावित शिक्षा ऐनमा भएका विभिन्न दफाहरुमा असहमती जनाउँदै एनप्याब्सन, प्याब्सन र हिसानले कञ्चनपुरले संशोधन सहितको माग अघि सारेको छ ।

मन्त्रीपरिष्दबाट पारित भई प्रतिनिधी सभामा प्रस्तुत हुने विद्यालय शिक्षा ऐनको तफा ४ मा निजी विद्यालयको स्थापना र संचालन उपदफा (३)को यो ऐन पारम्भ हुँदाको बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भई सचालनमा रहेका संस्थागत विद्यालय ऐन कार्यान्वयन भएको पाँच बर्षसम्म शैक्षिक गुठीमा रुपान्तरण हुनुपर्ने बुदाप्रति गम्भिर आपत्ती जनाएका छन ।

मुख्य गरेर सोही बुँदा ससदबाट पारित भए आत्मदाहदेखि जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएका छन । एनप्याब्सन, प्याब्सन र हिसान कञ्चनपुरका पदाधिकारी एव निजी विद्यालयका संचालकहरुले आन्दोलन रहर नभई बाध्यता भएको भन्दै अब जस्तोसुकै आन्दोलन गर्नुपर्ने भएपनि वारपार गर्ने चेतावनी दिएका छन ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले शिक्षा ऐन निजी विद्यालयका संचालकको हित विपरित भएको बताए । ‘बषौँदेखि पैतिक सम्पती लगाएर शिक्षा क्षेत्रमा काम गर्दै आएका हजारौँमाथि अन्याय भयो, ‘उनले भने, ‘ऐन बिरुद्धमा हामी जस्तो सुकै परिस्थिति आएपनि आन्दोलन गछौँ ।’

एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले निजी क्षेत्रलाई वेवास्ता गरेर ल्याएको ऐन भत्र्सनायोग्य भएको बताए । ‘सरकार स्टेय अर्डर जस्तै गरेर ऐन जारी गर्नु संविधानको मुल मर्म विपरित हुन्छ, ‘उनले भने, ‘चार दशकदेखि हामीले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदरै भएन ।’

हिसान कञ्चनपुरका अध्यक्ष एव एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष श्यामसिह मौनीले ऐन पूर्वाग्रही, संविधान विपरित भएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । ‘विधेयकले निजी लगानीकर्तामाथि अन्याय गरेको छ, ‘उनले भने, ‘यो विधेयकले निजी विद्यालयलाई निसारा बनाएको छ ।’

प्याब्सनका केन्द्रीय सदस्य सत्येश बहादुर चन्दले सरकारले ल्याउन खोजिएको विधेयक दुरगामी भन्दा भड्काउवादी भएको बताए । ‘यो विधेयक अघि बढाए हामी कार्यान्वयन भन्दा आत्महाद गछौँ, ‘उनले भने, ‘बिना मोडालिटी सहितको विधेयकले निजी विद्यालय मात्रै नभई शिक्षा क्षेत्रलाई आन्दोलित बनाएको छ ।’

प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दले सरोकारवाला पक्षलाई जानकारी नदिई ल्याएको विधेयक पुर्ण बिरोधाभास भएको बताए । ‘हामीले लगानी गरेको सम्पत्तीको के हुन्छ, ‘उनले भने, ‘यो विधेयक पास हुँद दिदैनौँ, बरु आत्मदाह गछौँ ।’ विधेयक बिरुद्धमा निजी क्षेत्र मात्रै नभई सरकारी शिक्षक सघ संगठन समेत बिरोधमा रहेको बताए । उनका अनुसार बाल विकासका शिक्षक, राहत सहितका सबै शिक्षक असन्तुष्ट रहेका बेला सरकारले संशोधन गर्नुपर्ने बताए ।

केन्द्रीय कार्यक्रम अनुरुप एनप्याब्सन, प्याब्सन र हिसान कञ्चनपुरले बुधबार प्रशासन, शिक्षा विकास समन्वय इकाई केन्द्र सहितका पालिकामा ज्ञापन पत्र बुझाउँदै आन्दोलित भएको छ । २५ साउनमा मस्यौदाको माईतीघर मण्डला काठमाण्डौँमा बिरोध गर्ने, २६ साउनमा सरोकारवालासंग बृहद छलफल गर्ने, २७ मा आ–आफ्नो संघ संगठनमा समिक्षा गर्ने, २८साउनमा अनिश्चितकालिन विद्यालय बन्द गर्ने र १भदौँदेखि पनि विद्यालय बन्द गरेर सवारी साधन सार्वजनिक पार्किङ्ग गर्ने घोषणा गरिएका छन ।

उनीहरुको आन्दोलनका लागि कञ्चनपुरका झण्डै १लाख, ३० हजार विद्यार्थीको पठन पाठन प्रभावित हुने भएकाले छ । अभिभावकले विद्यालय संचालक आफै आन्दोलन हड्तालमा उत्रिनु भन्दा सरकारसंग कानुनी सहित वैकल्पिक संघर्षका कार्यक्रम गर्न अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित