बेलडाँडी बैवाह एनटिसीको टावरमा समस्या आउदा सेवाग्राही मारमा

126
VIEWS

बेलडाँडी , बेलडाँडी गाउँपालिका वडा नं.४ मा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउदा सेवाग्र्राहीहरु मारमा परेका छन् ।

 

३ दिनदेखि टावरमा एक्कासी समस्या आउदा सेवाग्राहीहरुलाई समस्या भएको छ । ३ दिन देखि टावर नआएपछि स्थानीय जलन बोहराले टेलिकममा फोन गरेर सोध्दा ट्रान्समिटरमा समस्या आएको हुन सक्ने भन्दै भोलि सम्म प्राविधिक पठाएर हेर्ने जवाफ टेलिकमले दिएको बताए ।

उनका अनुसार पछिल्लो समयमा बैवाहका अधिकांस मोवाइल प्रयोगकर्ता नेपाल टेलिकमको सिम प्रयोग गर्न थालेकाले १ मिनेट पनि टावरले काम नगर्दा दिक्क मान्नेहरु ३/३ दिन सम्म टावर नआइदिदा निकै समस्या भएको जनाए । बोहराले भने टेलिकमले लाप्रर्वाही गर्दा अहिले सम्म समस्या समाधन नभएको बताए । टेलिकम कार्यालयले छिट्टै प्राविधिक पठाएर हेर्ने बताएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार