कञ्चनपुर, २७ साउन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा बबण्डर मच्चिएको छ ।
शुक्रबारदेखि महेन्द्रनगर शुरु भएको राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औँ अधिवेशनमा बबण्डर मच्चिएको हो । अधिवेशनमा नेतृत्वका लागि दिनेश विष्ट र नविन चन्द दुई समुह देखिएका थिए । उद्घाटन सत्रमा अध्यक्ष मण्डल, प्रतिनिधीको विषयमा उत्पन्न देखिएको लफडा बन्दसत्रमा कुटपिटमा परिणत भएको छ । युवा संघ कञ्चनपुर नेताहरुका अनुसार मुख्य विषय नेतृत्वका लागि विवाद भएको छ ।
पार्टी संस्थापन पक्षबाट दिनेश विष्ट र पुर्व माओवादी सहितका एमाले अर्को पक्षबाट नविन चन्द देखिएका थिए । दुवै पक्षको उदेश्य आ–आफ्नो उम्मेदवार टिमलाई अध्यक्ष सहित पदाधिकारी बनाउने होडबाजीका विच विवाद भएको बताए । कुर्सी तोडफोडदेखि एक आपसमा आरोप प्रत्यारोप विवाद चलेको थियो ।
बन्दसत्रमा उत्पन्न विवाद एक आपसमा कुटपिट हुँदा भीनपा १८का वडाध्यक्ष एव एमाले जिल्ला सदस्य रविन्द्र देवकोटा घाईते भएका छन । देवकोटा सहित आयोजक कमिटि सदस्य खगेन्द्र नाथ र देवकोटालाई बचाउँदा युवा नेता एव एमाले एमाले जिल्ला सदस्य प्रशान्त भट्ट समेतमाथि कुटपिट भएको छ । एमाले निकट युवा संघ दिनेश विष्ट र नविन चन्दले एक अर्कोलाई कुटपिटको आरोप लगाएका छन ।
चन्दपक्षधर नेता कार्यकर्ताको कुटपिटबाट घाईते देवकोटाको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी रिर्फर गरिएको छ । भीनपा १८का वडाध्यक्ष एव एमाले जिल्ला सदस्य अध्यक्षका प्रत्यासी विष्ट पक्षधर नेता देवकोटालाई हेलमेट, मुक्का र हात्ताले प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन ।
घाईते देवकोटाका पक्षधरले एमाले जिल्ला सदस्य कमल रोकाया नेतृत्वको टोलीले कुटपिट गरेको आरोप लगाएका छन । भने कमल रोकायाले पार्टीको आन्तरिक कार्यक्तममा एक आपसमा वाद विवाद हुने क्रममा समान्य दुवै पक्षविच धकेलाधकेल भएको बताए ।
समान्य विवादपछि धधेलाधकेलले आफु सहित प्रविन बोगटी, रोहितजंग कुँवर सहित समेत कुटपिट भएको तर आफुहरुले कुनै अस्पताल नगई स्टनबाजी, प्रचारबाजी नगरेको बताए । ‘यो पाटीभित्रको समान्य विवाद हो, ‘उनले भने, ‘यसलाई घाईते भएको भनेर प्रचारबाजी गर्नु पार्टीको बेईजीत गर्नु हो ।’
राष्ट्रिय युवा संघ केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटीले संगठनभित्र समान्य विवादलाई लिएर कसैले पनि पाटी बिरुद्धमा दुष्प्रचार गर्न नहुने सुझाव दिएका छन । उनले आरोप प्रत्यारोप भन्दा पनि सबै युवा पङक्तिले एक आ–आफ्नो क्षेत्रबाट कर्तव्य निर्माणमा जोडदिएका छन । युवा संगठन कञ्चनपुरको १०औँ जिल्ला सम्मेलन उद्घाटनका लागि पार्टी पोल्टिब्यूरो सदस्य एव युवा संगठनका इन्चार्ज महेश बस्नेतको प्रमुख आतित्यमा कार्यक्रम भएको थियो ।
पार्टीका नेताहरुले वाद विवाद गर्नुभन्दा पाटी निर्माणको काम तर्फ लाग्न आब्हान गरेका छन । घाईते वडाध्यक्ष देवकोटका घर परिवारले साँघात्मिक हमला भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेर प्रहरीलाई गुहार गरेका छन ।
Discussion about this post