कञ्चनपुर, ३० साउन । एमाले जिल्ला पाटी कार्यालय महेन्द्रनगर कञ्चनपुरमा तालाबन्दी गरिएको छ ।
गत शनिबार एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको १०औँ जिल्ला अधिवेशनमा पाटी जिल्ला सदस्य तथा भीनपा १८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटामाथि कुटपिट प्रकरणको विषयलाई लिएर पाटी कार्यालयमा तालाबन्दी गरिएको हो ।
भीमदत्त नगरपालिका १८ क्षेत्रका घाईते देवकोटा पक्षधर स्थानीय एमाले कार्यकर्ताहरुले पाटी कार्यालयको मुल गेटमा तालाबन्दी गरेका छन । भीनपा १८ का एमाले स्थानीय कार्यकर्ता दिनानाथ पाण्डेले वडाध्यक्षमाथि मरणाशन्न हुने गरी चार दिनवितिसक्दा पनि कुनै कार्बाही नभएको भन्दै बाध्य भएर तालाबन्दी गरेको बताए ।
स्थानीय एमाले अर्की कार्यकर्ता चन्द्र खडकाले ४० बर्षदेखि देवकोटा परिवारले निर्माण गरेको पाटीमा बाह्य पाटीबाट एमाले घुसपैठ भएका व्यक्तिले कुटपिट गरेको बताईन । पाटीले कुटपिट गर्नेमाथि कार्बाही नगरेको भन्दै बाध्य भएर पाटी कार्यालयमा तालाबन्दी गरेको बताए ।
स्थानीय खेमराज रेग्मीले कुटपिट गर्नेमाथि कार्बाहीको माग अघि सारेर आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताए । एमाले कञ्चनपुरका उपसचिव कर्ण बहादुर चन्दले घटनामा संलग्नमाथि जिल्ला पाटी तहबाट कार्बाही गरिने र केन्द्र पाटीले समेत छानबिन समिति गठन गरेको बताए ।
युवा संघको जिल्ला अधिवेशनपछि एमाले कञ्चनपुर पाटी कार्यालयमा दैनिक तनावग्रस्त भईरहेको छ । पाटी जिल्ला सदस्य तथा भीनपा १८का वडाध्यक्ष समेत रहेका अध्यक्ष मण्डलका सदस्य देवकोटाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, मायामेट्रो अस्पताल धनगढीम उपचार हुन नसकेपछि सोमबारदेखि काठमाण्डौँको हेल्पिङ्गि ह्याण्ड अस्पतालमा उपचार भईरहेको छ ।
Discussion about this post