बेलडाँडी । रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीले गुनासो सुनुवाई कार्यबिधी बनाई गुनासो पेटी खोलेको छ ।
विद्यार्थीहरुको माग अनुसार राखिएको गुनासो पेटिकामा छोटो समयमै ६३ थान सकारात्मक पत्र खसेको स्ववियु सभापति दिलेन्द्र प्रसाद बडुले जानकारी गराउनु भयो । उहाँका अनुसार क्याम्पस तथा विद्यार्थीको सर्वाङ्गिक विकासका लागि आफुहरुले गुनासो पेटिका क्याम्पसमा राखेको जनाए । गुनासो पेटीकामा आलोचना मात्र भन्दा पनि क्याम्पसलाई कसरी अगाडी लैजान सकिन्छ भन्ने सुझाव समेत दिउन भन्नका लागि पेटिका राखिएको बताए ।
बडुले भने लामो समय को प्रतीक्षा पछि आज स्ववियुले राखेको गुनासो पेटिका खोलेका छौं । जस्मा ६३ थान सकारात्मक विद्यार्थीका वास्तबिक समस्याहरु रहेका(गुनासा) थिए । गुनासो सुनुवाइ समितीले विभिन्न भागमा बिभाजन गरि क्याम्पस प्रशासनले समाधान गर्न सक्ने, संचालक समितिले सक्ने र स्थानीय सरकारले पुरागर्न सक्ने समस्या लाइ वर्गीकरण गरिएको बताए ।
सकारात्मक सुझाव र हौसला दिने सम्पुर्ण बिध्यार्थीमा धन्यवाद दिदै बडुले भने अब प्रत्येक १५/१५ दिनको अन्तरालमा गुनासो पेटिका खोलिने जानकारी गराउदै सम्पुर्ण गुरुबर्ग अभिभावक ज्यु,तथा बिध्यार्थीहरुको अमुल्य सल्लाह र सुझावको सदैब ऋणि रहने जनाउनु भयो ।
यस्तै क्याम्पसले यसलाई सकरात्मक तरिकाले लिएको क्याम्पस प्रमुख प्रयागराज जोशीले जानकारी गराउनु भयो । क्याम्सको सर्वाङ्गिक विकासका लागि सबैपक्षको साथ सहयोगको अपेक्षा गर्नु भयो ।
Discussion about this post