बेलौरी नगरका गतिविधिबिरुद्ध अदालतमा रिट दायर

91
VIEWS

कञ्चनपुर साउन ३२। बेलौरी नगरपालिकालाई विपक्षी बनाएर बेलाैरीकै जनप्रतिनिधिहरुले उच्च अदालत दिपायल महेन्द्रनगरमा रिट दायर गरेका छन्।

विहिवार बेलौरी नगरपालिका २,३,४ र ६ नम्बरका वडा अध्यक्षले नगर स्वास्थ ऐन विपरित चयन गरिएका स्वास्थ्य संस्था व्यवस्थापन समिति उपाध्यक्षहरुको नियुक्ती खारेजीको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका हुन्।

अदालतमा दायर गरिएको रिट अनुसार नगर प्रमुख पोतिलाल चौधरी र निमित्त प्रमुख प्रशासकिय अधिकृत तारादत्त अवस्थीलाई विपक्षी बनाइएको छ।

नगरपालिकाको स्थानीय स्वास्थ्य ऐन २०७९ लाई मिचेर वडाभित्र रहेका स्वास्थ्य केन्द्रको उपाध्यक्ष चयन गरेको वडा अध्यक्षहरुले अदालतमा दायर गरेको निवेदनमा उल्लेख गरिएको छ ।

स्वास्थ्य ऐनको दफा ७ लाई मिचिएकोले पालिका मातहतका स्वास्थ्य संस्थाको व्यवस्थापन समिति उपाध्यक्ष नियुक्ति खारेजीको लागि रिट निवेदन हालिएको बेलौरी २ का वडा अध्यक्ष कुलविर चौधरीले जानकारी गराएका छन्।

‘स्वास्थ्य ऐनमा नगरपालिका मातहतको स्वास्थ्य सस्था व्यवस्थापन समितिको उपाध्यक्ष पदमा वडा अध्यक्षले मनोनयन गर्ने भनिएको छ,’ वडा अध्यक्ष चौधरीले भने ‘नगरपालिकाले उपाध्यक्ष नियुक्त गरेर हाम्रो संबैधानिक एवं कानुनी हक हनन ग¥यो, नियुक्ति खारेजीको लागी रिट दियौं।’

नगरपालिकाको निर्णय सच्याउन पटक–पटक आग्रह गर्दापनि पुर्नविचार नगरिएपछि कानुनी रुपमै अगाडी बढेको उनले बताए। यहीँ श्रावण २४ गते नगरपालिकाले पालिका मातहतका १२ स्वास्थ्य केन्द्रको व्यवस्थापन समितीको उपाध्यक्ष नियुक्ति गरेको थियो ।

नगर प्रमुखले कानुनी व्यवस्था मिचेर आफ्ना कार्यकर्तालाइ खुसी पार्न आफ्ना निकटका व्यक्तिलाई नियुक्ति गरेको आरोप वडा अध्यक्षहरुले लगाएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार