धनबहादुर बिक/ पुनर्वास ४ भाद्र । पुनर्वास नगरपालिका द्वारा बजार अनुगमन गरिएको छ । चाडपर्वलाई मध्यनजर गरि नगरपालिका उपमेयर भुलिया कुमारी रानाको अगुवाइमा बजार अनुगमन गरिएको हो ।
नियमित अनुगमन लाई निरन्तरता दिँदै सोमबार पुनर्वास नगरपालिका ६ स्थित प्रतिभानगर टाउन बजारमा गरिएको अनुगमनका क्रममा करिब दुई दर्जन बढी किराना पसलमा बिस्कुट , नमकिन , चाउचाउ , भुजा , जुस पदार्थ लगायत तथा एक दर्जन होटलमा तयारी खाजा , अण्डा , पेय पदार्थ चेकजाँच गरिएको थियो ।
पुनर्वास नगरपालिका उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक भुलिया कुमारी रानाको अगुवाइमा परिचालित अनुगमन टोलीमा स्वास्थ्य शाखा प्रमुख राम धामि , कृषि सेवा प्रमुख कर्ण बहादुर शाही , पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझी , खाद्य सञ्जाल पुनर्वास अध्यक्ष कञ्चन गिरी , पुनर्वास नगरपालिका फोकल पर्सन ओमनाथ ढकाल , कार्यपालिका सदस्य कलावति वड , पत्रकार धनबहादुर बिक , जनपथ प्रहरी, सशस्त्र प्रहरी लगाएतको उपस्थिति रहेको थियो ।
उप प्रमुख रानाले सर्वसाधारण जनताको स्वास्थ्य लाई मध्येनजर गरि अनुगमन लाई निरन्तरता दिईने बताउनुभयो ।
Discussion about this post