कञ्चनपुर, ५भदौँ । कञ्चनपुरका शिक्षक संघ संगठनहरुले भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीमाथि कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेका छन ।
मंगलबार एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोबिन्द ढाँटले प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीलाई अमानविय रुपमा कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेको बताए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गोबिन्द ढाँटले शिक्षक विद्यालय संघ संगठनले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको बताए ।
उनका अनुसार एकीकृत अखिल नेपाल शिक्षक संगठन सहित नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन नेपाल विद्यालय कर्मचारी परिषदले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै विद्यालय हाताभित्रै प्रहरीले शिक्षकमाथि हतकडी लगाएर ल्याउनेदेखि नियन्त्रणमा लिएर निर्धात कुटपिट गरेको कार्य निन्दनिय भएको भन्दै कार्बाहीको माग अघि सारेका छन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गोबिन्द बहादुर ढाँट, नेपाल शिक्षक संघका अध्यक्ष बिरेन्द्र ब. भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका बेद प्रकास उपाध्याय, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष ओम प्रकास जोशी र नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष ईन्द्र कार्कीद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा शिक्षक कुटनेमाथि कार्बाही नगरे आन्दोलनको चेतावनी दिएका छन ।
विद्यालय शिक्षा ऐन बिरुद्धमा आन्दोलन सहित शिक्षक कुटपिट घटना बारे एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गोबिन्द बहादुर ढाँटकै अध्यक्षतामा बैठक बसेको थियो ।
Discussion about this post